Breaking News

दुवै हात बाँधेको अवस्थामा सेप्टिक ट्यांकीको जगमा भेटियो सुजिताको शव

Banner

जनकपुरधाम, असार २७ –

महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको हो । जेठ २० गतेदेखि बेपत्ता रहेकी सुजिताको खोजीकार्य क्रममा प्रहरीले शव फेला पारेको हो ।

सुजिताको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले बताए ।

सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उनले भने, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले जानकारी दिए ।

सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । रञ्जितकारका अनुसार सुजिताको शव मृतकका ससुराको जग्गामा फेला परेको छ । सुजिता बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको जग्गामा शव फेला परेको हो।

त्यहाँ गाडेर ढलान गरिएको अवस्थामा शव फेला परेको छ । प्रहरीले आइतबार शव निकालेपछि मृतकका आमाबुवाबाटै सनाखत गराइएको थियो। प्रहरीले शवको पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाउने तयारी गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>