aroma
जोडिनुहोस
  • होमपेज
  • गैँडाकोटबाट १२ दिनदेखि हराइरहेकी पुनम नारायणगढको शहिदचोकमा फेला

गैँडाकोटबाट १२ दिनदेखि हराइरहेकी पुनम नारायणगढको शहिदचोकमा फेला

चितवन, असार २३

चितवन क्षेत्रमा किशोरीहरु हराउने घटना बढिरहेको बेला गैँडाकोटबाट १२ दिनदेखि सम्पर्कविहीन भएकी युवती नारायणगढबाट फेला परेकी छन् ।

गैँडाकोट नगरपालिका–४ मा बस्दै आएकी २१ वर्षीय पुनम घर्ती नारायणगढबाट फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले नारायणी अनलाइनलाई जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पुनमको आमा नारायणगढको क्षेत्रपुरतिर आएको समयमा छोरी बेपत्ता भएको भन्दै आमाले मंगलबार आएर प्रहरीलाई फोटो देखाएकी थिइन् । सोही फोटोको आधारमा आज उनलाई नारायणगढको शहिदचोकभित्र रहेको मेघौंली बसपार्कमा भेटिएको प्रहरीले बताएको छ ।

सञ्चारमाध्यमबाट पनि पुनमको खोजीको पहल भइरहेको थियो । उनलाई आजै परिवारको जिम्मा लगाइएको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ । यही असार ११ गतेदेखि उनी गैँडाकोट घरबाट हिँडेकी थिइन् । उनीहरु गुल्मी मालिका गाउँपालिका–२ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएका थिए । पुनम सुस्त मनस्थितीको रहेको र गत फागुनदेखि औषधी सेवन गर्दै आइरहेकी उनकी आमा छमी घर्तीले बताइन् । पुनम यसअघि पनि पाँच महिना सम्पर्कविहीन भएर बुटवलमा फेला परेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका