जोडिनुहोस

Banner

चितवन, असार २०-

विगत केही दिनदेखि पहिरोले अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर–२९ सेती दोभानको पहिरो हटाइए पछि आज बिहानबाट सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

शनिबार रातिबाट सेती दोभानमा पहिरो खसेर दुवै तर्फ सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउनलाई डोजर, ब्रेकर र जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम भएकोमा उक्त पहिरो पन्छाई सवारी साधन दुई तर्फी सुचारू भएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले हालसम्म पनि माथिबाट ढुंगा र पहिरो खसिरहेको हुँदा उक्त सडक प्रयोग गर्ने यात्रुहरुले नारायणगढ मुग्लिङ सडक खण्डको जानकारी लिएर मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *