जोडिनुहोस
alt
  • होमपेज
  • बलिउड अभिनेता आमिर खानले गरे सम्बन्धविच्छेद: बाँकी जीवन नयाँ अनुभवका साथ अघि बढाउने

बलिउड अभिनेता आमिर खानले गरे सम्बन्धविच्छेद:  बाँकी जीवन नयाँ अनुभवका साथ अघि बढाउने

काठमाडौं, असार १९ –

बलिउड अभिनेत्री आमिर खान र किरण रावको सम्बन्धविच्छेद भएको छ । आमिर खानको यो दोस्रो सम्बन्धविच्छेद हो । आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद गरेका थिए ।

आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरे । उनीहरुले आगामी दिनहरुमा पतिपत्निको सट्टा अलग अलग जिवन जिउने घोषणा गरेका छन् ।

आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, “यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।”

उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरे थिए । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?