aroma
जोडिनुहोस
  • होमपेज
  • पत्रकारलाई धम्की दिइएकामा चौतारीको विरोध

पत्रकारलाई धम्की दिइएकामा चौतारीको विरोध

काठमाडौं,असार १७-

प्रेस चौतारी नेपालले चौतारीका कर्णाली प्रदेश कमिटीका सदस्य एव संसदीय मामिला पत्रकार समाज प्रदेश अध्यक्ष शेरबहादुर थापामाथि समाचार लेखेकै विषयलाई लिएर आइरहेको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार थापालाई नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको निर्देशनमा बारम्बार यस्तो धम्की आइरहनु अत्यन्तै दुखद र गम्भीर विषय भएको चौतारीका कार्यबाहक महासचिव हीरामान लामाले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आफू निकटका व्यक्तिलाई उक्साएर शाहीले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको चौतारीले जनाएको छ ।

‘नेपाल प्रेस डेटकम’मा प्रकाशित ‘सरकारी प्रोडोमा रातो नम्बर प्लेट ः काँग्रेस नेतालाई दिए मुख्यमन्त्रीले गाडी उपहार’ र ‘मन्त्रीहरुले पनि मोटरसाइकल चढ्नुपर्छ भन्दै भाषण गर्ने जीवन शाही अहिले प्राडोमा’ भन्ने शीर्षकको समाचारलाई लिएर पत्रकार थापामाथि ज्यानै लिनेसम्मको धम्की आउनु पत्रकारिता जगतमाथिकै प्रहार भएको चौतारीको भनाइ छ ।

“समाचार चित्त नबुझे खण्डन गर्ने, कानुनी बाटोमा जान सकिने सभ्य तरिका हुँदाहुँदै नेता शाहीले आफ्ना आसेपासे र पालितपोषित व्यक्तिमार्फत गालीगलौज र भौतिक हमलाको धम्की दिने कार्य आफ्नो कुकर्म, अनियमितता र भ्रष्टाचार लुकाउने मुडेबलबाहेक केही हुन सक्दैन ।”विज्ञप्तिमा भनिएको छ, “अझ सार्वजनिक पद धारण गरेका व्यक्तिबाट यस्ता हर्कत हुनु अपराध नै हो । यो कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । प्रेस जगतलाई धाक, धम्की र त्रास देखाएर आफ्ना गलत र गैरकानुनी क्रियाकलाप ढोकछोप गर्ने प्रवृत्तिविरुद्ध हामी जस्तोसुकै मूल्य चुकाउन तयार छौँ ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका