aroma
जोडिनुहोस
  • होमपेज
  • महिलाका संवेदनशील अंगमा हिर्काउँदै हिड्ने तामाङ पक्राउ

महिलाका संवेदनशील अंगमा हिर्काउँदै हिड्ने तामाङ पक्राउ

भक्तपुर, असार १७-

बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अंगहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ ।

तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार गरेको प्रहरीको आरोप छ । तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दुर्व्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ’, उनले भने ।

अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अंगहरुमा समाउने र छातीलगायतका अंगहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताए ।

तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधबार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन् । तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेस गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ ।

तामाङलाई पाँच अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । भक्तपुरमा एकै पटक एक व्यक्तिलाई छ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दाबी छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका