aroma
जोडिनुहोस
  • होमपेज
  • अर्काले पठाएको पैसाले राहत बाड्दैमा समाजसेवी भइदैन, समाजसेवी बन्न लोभ त्याग्नुपर्छ

अर्काले पठाएको पैसाले राहत बाड्दैमा समाजसेवी भइदैन, समाजसेवी बन्न लोभ त्याग्नुपर्छ

पूजा भुसाल

बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट नेपाल उच्च जोखिममा छ । विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड–१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा यति बेला संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रो चरणको अल्फा र डेल्टा नामक भेरियन्ट सुरु भइसकेको बताइएको छ । यो भेरियन्ट सबै उमेर समूहलाई प्रभावित पार्न सक्ने स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ ।

एकातिर कोभिड कहरले जनता आक्रान्त छन् । पहिलो बन्दाबन्दीमा सरकारद्वारा खाद्यान्न वितरण गरेको भए पनि दोस्रो चरणमा गरिएको लकडाउनमा सरकारको तर्फबाट कुनै पनि प्रकारको खाद्यान्न सहयोग भएको छैन । सर्वसाधारण नागरिक जसले बिहान बेलुका हातमुख जोड्नका लागि मजदूरी गर्नुपर्छ । त्यसैगरी अपांगता भएकाहरु दृष्टिबिहीनहरु समलिंगी तेस्रोलिंगीहरु, वृद्धवृद्धाहरुलगायत थुप्रै आमनागरिक यतिबेला भोको पेट बस्न बाध्य छन्। एका तिरको भीड कहर अर्कातिर बर्षायाममा परेको पानीले प्राकृतिक बिपद् ल्याइदिँदा अर्को ठूलो जनधनको क्षती देश अनि जनताले बिहोर्नु पर्दाको कहाली लाग्दो अवस्थामा नेपाल गुज्रिरहेको छ ।

विज्ञहरुका अनुसार नेपालमा कुनै पनि समयमा अझै अरु विपद् आउन सक्ने सम्भावना रहेको बताउँदै गर्दा नागरिक झन् त्रासमा छन् । प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा काम गर्ने संस्थाहरुमा ‘सेभ द माइन्ड’ नेपालको लामो इतिहास छ । जब–जब आपत आइपर्छ, तब–तब त्यस विपद्बाट प्रभावित स्थानहरुमा परिवार तथा बालबालिकाहरुको जीवनरक्षाका लागि सेभ द माइन्ड नेपाल तत्पर रहँदै आएको छ ।

‘सेभ द माइन्ड’ नेपाललाई विश्वास गरेर सेभ द माइन्ड नेपालका शुभचिन्तकहरुले स्वदेश तथा विदेशबाट यथासक्य निरन्तर आर्थिक सहयोग गर्दै आइरहेका छन् । हालसम्म अमेरिका अस्ट्रेलिया निवासी दाजुभाईहरुले तथा नेपाल मै रहेर विभिन्न ब्यवसायमा आबद्ध रहेका व्यक्तित्वहरुबाट जिन्सी तथा आर्थिक सहयोग भइरहेको छ । केही दिनअघि काठमाडाँै बालुवाटर घर भईसपरिवार अमेरिकाको क्यालिफोर्निया बस्दै आइरहेका समाजसेवी हेमन्त श्रेष्ठले पठाएको २० हजार रुपैयाँ, त्यसै गरी काठमाडौ निवासी सर्गम भट्टराई साथै काठमाडौ स्थायी ठेगाना भई अमेरिका निवासी विजय ज्ञवालीद्वारा कोभिड सहयोग अभियान मार्फत २५ अजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । यसैगरी भरतपुर महानगरपालिका–७ निवासी चिरञ्जिीबी पौडेलबाट सहयोग स्वरुप पाँच हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यसैगरी चितवन पटिहानीकी शिला कँुवर अधिकारीको तर्फबाट असार ९ गते परेको आफ्नो छोराको जन्मदिनको अवसर मा दुई हजार सहयोग गरेकी छन् । उनीहरु सबैको सहयोगबाट सेभ द माइन्ड नेपालले जम्मा २५ घर परिवारलाई पुग्ने गरी चामल तेल र दाल गरी रु ३७ हजार ७४५ को खाद्यान्न, माक्स र ह्यान्ड ग्लोब्स, पानी, कुकिज खाजा गरी जम्मा ३९ हजार ५२० रुपैयाँ खर्च गरेको छ ।

स्वदेश तथा विदेशबाट संकलित भएको ५२ हजार रुपैयाँमा विभिन्न आम सर्वसाधारणलाई सहयोग गरेर बाँकी रकम १२ हजार ४८० रुपैयाँ रहेको छ । अब बाँकी रहेको रकम पुन अति प्रभाबित स्थानमा लगेर खाद्यान्न तथा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । बाढीले सखाप पारेको दृश्य हेर्न पूर्वप्रधानमन्त्री र मुख्यमन्त्रीहितको जम्बो टोली पश्चिम चितवनको वार्ड नम्बर २६ को त्यो हेर्नै नसक्ने दृश्य हेर्न त पुग्यो तर साता दिन बित्दा पनि खाद्यान्न अभावमा जनता धुरुधुरु रुदै भोक भोकै बस्दै गर्दा समेत खाद्यान्न त्यस ठाउँमा पुगेन । आखिर किन ? त्यही कारुणिक दृश्य हेर्न नसक्ने अवस्थाका भोका जनताले हामीलाई फोन गरेर राहत माग गरेका हुन् । यतिबेला सामाजिक सञ्जाल मार्फत ठूलाठूला गफ र भाषण सुनेर समय खर्चिनु भन्दा पनि देश र आफू जस्तै नागरिकको पीडामा मलम लगाउन हर्दम तयार रहनुपर्छ । स्वदेश तथा विदेशबाट दुःख गरेर आफ्नो मातृभूमिलाइ अप्ठ्यारो पर्दा पठाइएको रकम पारदर्शी तरिकाले खर्छ गरिनुपर्छ । यस्तो विपत्तीको समयमा आफ्नो गाँस काटेर पठाएको रकम सही व्यक्तिसम्म पुग्यो या पुगेन आफूले पठाएको रजम के के मा खर्च भइरहेको छ । हामीले सबै हिसाब पारदर्शी ढंगबाट राखेका छौ । पछिल्लो समय चितवनमा सामाजिक अभियन्ताले नै आर्थिक हिनामिना गरेको खबर अनलाइन मार्फत् सार्वजनिक भइरहेका छन् । समाज सेवालाई कमाइ खाने भाडो बनाइ दिँदाको अवस्थामा सफा दिलले रात दिन खटिँदा गलत छवि भएका केही समाजसेवी भनाउँदाको कारले स्वच्छ दिलले काम गर्नेहरु बदनाम हुने डर भएको छ ।

हामी आफ्नो ब्यस्त जीवनबाट केही समय निकालेर सहयोग गर्ने दाताहरुको आर्थिक\ जिन्सी सहयोगलाई माध्यम बनेर सम्बन्धित निकायसम्म पु¥याउने गरेको मात्र हो । यसको मतलब हामी पनि समाजसेवी होइनौ । समाजसेवी हुनको लागि त्याग तपस्या, मोह, लोभ्, क्रोध त्यागेको तथा आर्थिक सहयोग गर्न सक्ने सक्षम हुनु पर्छ । अर्काले पठाएको पैसाले समाजसेवी भइदैन तर पनि भोको पेट्लाई खाद्यान्न पु¥याउँदै गर्दा धर्म चाहिँ अवस्य मिल्छ भनेर हामी पनि यस्तो पुण्य काममा दिन रात भोक प्यास बिरामी केही नभनी जुटिरहेका छौं । त्यसो त ब्यक्तिगत तवरबाट आर्थिक राखेर सुरुवातमा म अफँैले सहयोग गर्दै आए पनि मेरा साथीले सहयोग गर्न लाग्नु भएको हो । मेघौलीमा भएको खाद्यान्न वितरण कार्यक्रमा बिघाबिघा खेतबारी नारायणी नदीले बगाएको र घरहरु डुबानमा परेकालाई सहयोग गरिएको हो । संस्थाले चाहे बिपत्तीमा होस् चाहे समाजमा परेको कुनै पनि समस्या किन नहोस् छिटोभन्दा छिटो यथासक्य सहयोग पु¥याउन कोसिस गर्ने प्रतिबद्धता व्यक्त गर्छौं । खाद्यान्न बितरणमा म लगायत सेभ द माइन्ड नेपालकी उपाध्यक्ष शान्ता पौडेल, रिता पाठकलगायत समग्र टिम जुटिरहेका छौं ।

(भुसाल सेभ द माइण्ड नेपालकी अध्यक्ष हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका