aroma
जोडिनुहोस
  • होमपेज
  • ‘रोबर्ट’ फिल्म निर्माता दाजुभाईको हत्या गर्ने गुण्डा नाइके पोखरामा पक्राउ

‘रोबर्ट’ फिल्म निर्माता दाजुभाईको हत्या गर्ने  गुण्डा नाइके पोखरामा पक्राउ

काठमाडौं, असार ९ –

भारतको कन्नाडा फिल्म उद्योगका दाजुभाई निर्माता उमापाथी र दीपक ग्वादाको हत्याको आरोप लागेका फरार अभियुक्त पोखराबाट पक्राउ परेका छन् । गुण्डा नाइके भनिने करिया राजेश यसैसाता पोखराबाट पक्राउ परेका हुन् ।

भारतीय संचारमाध्यमका अनुसार हत्याको घटनापछि फरार भएका उनलाई पोखराको होटलबाट प्रहरीले पक्राउ गरेको थियो । ३७ वर्षे राजेशलाई नेपाल प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

फिल्म निर्माता दाजुभाईको हत्याको आरोप राजेशमाथि लागेको थियो । प्रहरीले खोजी सुरु गरेपछि उनी नेपाल पसेका थिए । प्रहरीको अनुसन्धानमा राजेशको मिलेमतो दाउद इब्राहिमको ग्याङका सार्पसुटर सदस्य रसिद मालबारीका दाहिने हात मानिने बम्बे रविसँग पाइएको थियो ।

डिसेम्बर २०२० मा कन्नाडाको बिग बजेटको चर्चित फिल्म ‘रोबर्ट’ निर्माण गरेका उमापाथाी र ग्वादाको हत्या भएको थियो । मार्च ११, २०२१ मा उक्त फिल्म रिलिज भएको थियो । पोखराको होटलमा रहेर उनले फिल्म निर्माणका लागि पैसा जुटाउन विभिन्न व्यापारीसँग फिरौती माग्ने गरेको प्रहरीले अनुसन्धान गर्दा फेला गरेको छ । । ती दाजुभाईको हत्यामा फिल्मको व्यापार मुख्य कारण रहेको प्रहरी छानविनबाट खुलेको छ ।

द हिन्दू अखबारका अनुसार राजेश र रविले मृतक दाजुभाई फिल्म निर्माताबाट ३० लाख भारु मागेका थिए । पैसा मागेपछि उनीहरुले नदिएको समेत जनाइएको छ । घटनामा आरोपित अन्य ११ जनालाई प्रहरीले पक्राउ गरेपनि बम्बे रवि र राजेश फरार थिए । रविले भारत छाडेर भागेको र राजेश नेपालमा रहेको प्रहरीले जानकारी पाएको थियो ।

एक प्रतिक्रिया on “‘रोबर्ट’ फिल्म निर्माता दाजुभाईको हत्या गर्ने गुण्डा नाइके पोखरामा पक्राउ

  1. यसरी नेपाल मा अाएर गुन्डा हरू बस्नु कारण
    नेपाल भारत का लागि भिसा नचाहिनु हो ।
    यदि भिसा अावश्यक परेका भए यो समचार धेरै पुरानो हुने थियो।र
    अझ धेरै अपराधी हरू समात्न सजिलो हुन्थ्यो कि।
    सरकार ले नेपाल भारत को सिमाना मा काडेतार साथै भिसा प्रणाली किन
    लागु गर्न सकिरहेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका