aroma
जोडिनुहोस
  • होमपेज
  • चितवनको बागेश्वरीमा १५० स्थानीय गाईको संरक्षण, यसकारण पालिँदै छ गाई (भिडियोसहित)

चितवनको बागेश्वरीमा १५० स्थानीय गाईको संरक्षण, यसकारण पालिँदै छ गाई (भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असार ७
योगि नरहरिनाथ गौ संरक्षण केन्द्र बागेश्वरीमा १५० वटा स्थानीय जातका गाईहरुको संरक्षण भइरहेको छ । भरतपुर महानगरपालिका– १ बागेश्वरीमा योगि नरहरिनाथ आध्यात्मिक परिषद्अन्तर्गत गौशाला सञ्चालन भइरहेको छ ।

गौशालाका व्यवस्थापक योगि पिताम्बरले गौशालामा लोक्कल (स्थानीय जातका) गाईमात्र रहेको बताउनु भयो ।

‘योगि नरहरिनाथको संकल्पअनुसार हामीले यहाँ भएका लोक्कल गाईलाई संरक्षण गरेका छौं, उहाँले भन्नुभयो, ‘बाहिरको जर्सी गार्ई ल्याइँदैन । बाहिर हुने गाई गुरुको संकल्पसँग मिल्दैन ।’

यो धेरै वर्ष अगाडि योगि नरहरी नाथको संकल्पबाट स्थापना भएको गौशालालाई अहिले थप व्यवस्थित बनाउँदै लोक्कल गाईको संरक्षण गनुपर्छ भन्ने संदेश दिन खोजिएको उहाँले बताउनु भयो ।

स्थानीय गाईको महत्व निकै रहेको बताउँदै उहाँले प्राकृतिले दिएको वंशाणुगत गुणलाई परिवर्तन गरेर बनाइएका जर्सी गाई र स्थानीय गार्ईबीच धेरै अन्तर रहेको बताउनु भयो । ‘हाम्रो धर्म, संस्कार, परम्परा बँचाउन स्थानीय गाईको धेरै महत्व छ । हाम्रो शास्त्रले प्रकृतिले दिएकोलाई मात्र मान्छ । लोक्ल गाइ नै खोज्छ ।’

शास्त्रगत तरिकाले स्थानीय गाईको महत्व निकै रहेको बताउँदै उहाँले यसको व्याख्या धेरै लामो रहेको बताउनु भयो । ‘यस्तै आयूर्वेद औषधी बनाउन पनि लोक्कल गाईको धेरै महत्व हुन्छ, उहाँले भन्नुभयो, ‘अक्सिजन लिएर अक्सिजन नै फ्याँक्ने संसारको एउटामात्र जनावर स्थानीय गार्ई हो ।’

स्वास्थ्यका हिसाबले पनि स्थानीय जातका गाईको महत्व निकै रहेको उहाँको भनाइ छ । ‘स्थानीय गाईको नियमित दुध सेवन गर्दा र जर्सी गाईको सेवन गर्दा धेरै फरक हुन्छ, उहाँले भन्नुभयो, ‘स्थानीय गाईको दुधले २० प्रतिशत क्यान्सरबाट बँचाउन सक्छ भनेर बैज्ञानिकहरुले पत्ता लगाईसकेको कुरा हो ।’

यस्तै विभिन्न कारणले गर्दा देशभर स्थानीय गाई नै पाल्नुपर्छ भनेर अभियानको लागि गाई संरक्षण गरी राखिएको उहाँ बताउनु हुन्छ ।

‘गौहरुमाथि अत्याचार हुँदा हामीलाई नै मारे जस्तो हुन्छ । हामीले लोक्कल गाई भनेको के हो भनेर समाजलाई बुझाउन सकिएको छैन, उहाँले भन्नुभयो, ‘गौ संरक्षण गर्न हिन्दु हुन आवश्यक छैन । यसबाट निस्केको औषधी मुस्लिम, क्रिष्टियन, बुद्धिष्ट सबैले प्रयोग गर्न सक्छन् ।’ समाजलाई बुझाउन सकेपछि जर्सी गार्ईलाई हटाएर लोक्कल गार्ई पाल्नेहरु बढ्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भयो । राज्यले स्थानीय गाईको महत्वलाई बुभेर स्थानीय जातका गाई पाल्नतर्फ ध्यान दिनुपर्ने उहाँ बताउनु हुन्छ ।

भक्तहरुले दिएको सहयोग र गाईहरुबाट निस्कने मल बेचेर गोशालाको खर्च व्यवस्थापन गर्ने गरिएको उहाँले बताउनु भयो । यस्तै यहाँबाट गौ अर्क पनि उत्पादन गरिने र त्यसबाट पनि आम्दानी हुने गरेको उहाँले बताउनु भयो । गौ अर्क गाईको पिसाबबाट बनाइने औषधी हो ।

गौ अर्क बनाउन गार्ईलाई चराउन पर्ने भएकाले दिउँसोको समयमा चरन क्षेत्रमा लगिने र अरु बेला गार्ईलाई चोक्कर, पराल, पिठो खुवाइने गरेको उहाँले बताउनु भयो ।

बागेश्वरीको भूमि भगवान रामले १६ वर्षसम्म अध्यययन गरेको क्षेत्र भएको बताउँदै उहाँले भगवान रामले पूजा गरेको वाक्यश्वरी मन्दिर पनि यहीँ रहेकाले यो धार्मिक हिसाबले पनि महत्पूर्ण क्षेत्र रहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका