aroma
जोडिनुहोस
  • होमपेज
  • अनैतिक पूर्वहरुको राष्ट्रघाती हर्कत

अनैतिक पूर्वहरुको राष्ट्रघाती हर्कत

कमल पाठक

प्रधानमन्त्री केपी ओलीका विरुद्ध अहिले चौतर्फी घेराबन्दी गरिएको छ । ओलीलाई सत्ताच्यूत गरेर भारीय कम्फटेबल सरकार बनाउन सकिन्छ की भन्ने अभिप्रायले उनीहरु एक ठाउँमा छन् । अदालतले प्रधानमन्त्री बनाइदिन्छ की भनेर बिन्तीपत्र हालेर बसेका छन् । जुन आफैमा असंसदीय छ । कही नभएको जात्रा हाँडीगाउँमा भनेको जस्तो कुनै अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउन भनेर रिट हालेको यो नै संसदीय इतिहासमा कहिल्यै नभएको दृष्टान्त उनीहरुले पेस गरेका छन् । अझै त्यसमा पनि आफूलाई प्रजातन्त्रको लोकतन्त्रको पहरेदार भएको ठान्ने कांग्रेसका सभापति शेरबहादुर देउवा नै मूख्यकर्ता बनेका छन् । अझै रोचक कुरा के छ भने, संसदीय व्यवस्थामा अरु दलका सांसदको हस्ताक्षर लिएर प्रधानमन्त्रीमा बहुमत पुग्यो भनेर दाबी गर्नु आँफैमा लज्जास्पद र हास्यास्पद मात्रै छैन, लोकतन्त्रको न्यूनतम् चरित्र भित्र पनि पर्दैन । कांग्रेस सत्ताका लागि कतिसम्म नांगो हुन्छ भन्ने कुरा यहीबाट पनि थाहा हुन्छ । भोली कांग्रेसका केही सांसदको हस्ताक्षर गराएर कसैले बहुमत जुटाए भने कांग्रेसले के गर्छ ? यो पटक्कै सुहाउने कुरा हैन ।

किन ओलीमाथि घेराबन्दी थालियो ?

भारतीय कठोर हस्तक्षप (नाकाबन्दी) कै बीचमा ओलीले सत्ताको काँडे कुर्सीमा बस्नु परेको थियो । वर्षौ देखि नेपालमाथि भएको विदेशी हस्तक्षपको विरुद्ध ओलीले भारतसँग सिधासिधा लडाइ लडेकै हुन् ।

पछिल्लो समय ओलीले संसद भवनबाट भारतलाई हाम्रो सार्वभौमिकता भारतको समान छ । प्रधानमन्त्रीको हैसियत बराबर छ, राष्ट्रियता उत्तिकै महत्वको छ भनेर पाठ पढाए । ६२ वर्षदेखि भारतले हडपेको भूमिको नक्सा सार्वजनिक गरे । १९५० देखिको असमान सन्धि पुनरावलोकनको लागि अध्ययन समिति बनाए । छलफल चलाए । पूर्वप्रधानमन्त्रीले बेचेर खाएको करिब १८५ रोपनी भन्दा बढी जग्गा ओलीले फिर्ता गराए । देशभरबाट व्यक्तिले हडपेका ६ हजार बिघा बढी सरकारी जमिन फिर्ता गरेर राज्यको अधिनमा ल्याए । धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, भूमरीले उडाएको बाराको सात सय घर, भूकम्पले भत्काएको ८ लाख भन्दा बढी घर मठमन्दिर देवल, स्कुल, सार्वजनिक भवन निर्माण ओलीकै तीन वर्षे अवधिमा सम्पन्न भए । विराटनगरमा वर्षोदेखि रहेको भारतीय फिल्ड कार्यालय ओलीकै पालामा हट्यो ।

राष्ट्रिय महत्वका दुई अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्रयाक, भेरी बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना ओली कै पालामा बन्दैछ । महेन्द्र राजमार्ग चार र छ लेन बन्दैछ । मध्यपहाडी राजमार्ग, वर्षौदेखि अलपत्र तराइँको हुलाकी राजमार्ग बन्न ओली नै चाहियो । विभिन्न जिल्लामा नयाँ एयरपोर्ट निर्माण, भएका एयरपोर्टको स्तरोन्नति सबै ओली कै पालामा भए ।

महेन्द्र राजमार्गबाट दक्षिणमा रहेका शहर तथा जिल्ला सदरमुकाम वा बोर्डरसम्म आधुनिक सुविधासम्पन्न राजमार्ग बनाउन ओली नै चाहियो । नयाँ हाईड्रोपावर निर्माणदेखि विद्युत् प्रसारण लाइनको बिस्तार ओलीकै पालामा भए । ३० वर्षदेखिको राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको पानी काठमाडौ प्रवेश गर्न ओली नै चाहियो ।

यी र यस्ता हजारौं काम गरेर जनताको समृद्ध बन्ने चाहना पूरा गर्ने मार्गमा लागेको ओलीको विकासका काम देश खोलिएका दक्षिणीको लगानी रहेका ठूला मिडिया र नेताको भजन गाउन खोलिएका दलाल अनलाइन मिडियाले देखेनन् । ओली र एमालेको विरुद्धमा नक्कली समाचार बनाउने कारखाना नै खोले, गलत अफवाह फैलाए, घेराबन्दी गरे, अरु त ठिकै थियो खैर यस्ता बिकाउ दलालहरु देशका नेता रहुन्जेल अविकास मै रहुँला ।

तर हाम्रो राष्ट्रियता र स्वाधिनता जस्तो गम्भीर विषयमा हस्तक्षप गरिदेउ भनेर विदेशी गुहार्ने, भारतीय हस्तक्षेपलाई हरेक हिसाबले आमन्त्रण गर्ने र उसकै हितमा सरकार बनाउन पर्छ भन्ने, नक्सा निकाल्नु नेपालले अपराध गर्यो भन्दै दिल्लीमा बिन्ती बिसाउने जस्ता कार्य गर्ने नेता र तिनका पछि लाग्ने केही राष्ट्रघाती चिलिमे हुक्केहरु समेत उफ्रिदै देशलाई विदेशीको जिम्मा लगाउने ठाउँमा पु¥याउन सम्पूर्ण तागत प्रयोग गर्दैछन् ।

अघिल्लो वर्ष शिक्षामन्त्रीज्युको आदेशमा बाडेको झण्डै तीन सय वर्गमिटर हाम्रो कालापानी क्षेत्रको जमिन नै छोडेर नक्सा प्रकाशन गरियो । पाठ्यपुस्तक बजारमा जाँदैछ , केही भारतीय दलाल र तिनका मतियार उक्त चुच्चे नक्सा नभएको पुरानो पुस्तक बिक्री गर्दैछन् । त्यसमा पनि सरकारले कडा प्रतिबन्ध मात्र होइन बिक्री गरे कारबाही नै हुने घोषणा गरिसक्यो । भारतलाई रिझाएर सत्ता सवार हुन सकिन्छ कि भनी अरु नेता ओलीको राष्ट्वाद नक्कली हो भन्दै कराउदैँ गर्छन् । ओली राष्ट्रिय स्वाधिनता र समृद्धिको यात्रामा अबिचलित, अकन्टक अगाडि बढ्दैछन् ।

पाँच पुर्वप्रधानमन्त्री भनेर सरकारको बिरुद्धमा जुन विज्ञप्ति निकालियो यो विज्ञप्ति नै राष्ट्घाती छ । आफूहरु पाँचै जना आ आफ्नो पालामा प्रम भएका ब्यक्ति होइनन् ? तितीहरुले आफ्नो पालामा राष्ट्रियता र समृद्धिको विषयमा के काम गरे ? जब आफ्नो पालामा मैले यो गरे भनेर भन्न लायक एउटा पनि काम नगरेका देशघाती जनता मारा पूर्वहरुले आज निर्वाचित सरकारलाई असयोग गर भनेर राज्यका तमाम निकायलाई धम्किदिने कार्य गर्न मिल्छ ? यस्तो कार्य घोर निन्दनीय मात्र होइन इतिहासले धिक्कार्ने राष्टघाती कदम समेत हो ।

राज्य सञ्चालनको प्रणाली हुन्छ । हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा सबै निकाय र प्रणालीले काम गरेको छन् । ९९ दिनमा सरकार फेर्ने बानी लागेकाहरु आफू प्रम बन्न पाइन भनेर सडकमा लाजमर्दो अलोकतान्त्रिक चरित्र देखाउन थालेको वर्ष दिन बढी भयो ।
के यो देश पूर्वहरुले चलाउने हो ? सबैले अवसर पाएर पुर्व भएका होइन ? आज पनि राज्यबाट लिइरहेका छन् । अवसर पाउँदा के गरे ? केही गरेको भए पुस्तक, लेख लेखेर आउँदो पुस्ताको लागि प्रेरणा बन्नु नि ।

निर्वाचन आयोगमा निकम्मा पूर्वहरुको जबर्जस्ती, न्यायालयमा असक्षम पूर्वहरुको जबर्जस्ती र बरिष्ट अराजकता,राष्ट्रिय योजना आयोगमा पुर्वहरु कै गुण्डागर्दी, हरेक निकायमा पूर्वहरुको यस्तो किसिमको अराजकता र गुण्डागर्दी राज्य आतंक बन्द गर ।

(लेखक पाठक बार एशोसिएशन चितवनका पूर्वअध्यक्ष हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका