aroma
जोडिनुहोस
  • होमपेज
  • निरन्तर बहाब बढीरहेको नारायणी नदीमा पुग्दा जे देखियो (हेरौं तस्विर र भिडियो)

निरन्तर बहाब बढीरहेको नारायणी नदीमा पुग्दा जे देखियो (हेरौं तस्विर र भिडियो)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार १ – 

नारायणी नदीको बहाब निरन्तर बढ्दै गएको छ । चितवनसहित देशका विभिन्न भागमा गए रातिदेखि निरन्तर पानी परेपछि नारायणी नदीको बहाब बढ्न थालेको हो ।

विशेष गरी हिजोदेखि चितवन, नवलपरासी पूर्व, पाल्पा, छरछरेलगायत स्थानहरुमा निरन्तर भारी वर्षा भइरहेको जल तथा मौषम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नारायणी नदीमा आएको बाढीका कारण पश्चिम चितवनको भरतपुर २६ र २७ मा वर्षेनी पानी पस्ने गरेको छ । नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन चितवन प्रशासनले आग्रह गरेको छ ।

हेरौं नारायणी नदी किनारमा पुगरे संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ र सुवास लामिछानले आज मंगलबार बिहान ११ बजे खिचेको तस्विर र भिडियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?