aroma
जोडिनुहोस
  • होमपेज
  • वडा प्रहरी कार्यालय नारायणगढलाई मास्क तथा सेनिटाइजर सहयोग

वडा प्रहरी कार्यालय नारायणगढलाई मास्क तथा सेनिटाइजर सहयोग

चितवन, जेठ ३१-

नारायणगढ रोटरी क्लबले आज वडा प्रहरी कार्यालय नारायणगढलाई कोरोना रोकथामका सामग्रीहरु सहयोग गरेको छ ।

रोटरी वर्ष २०२१/२२ का लागि निर्वाचित अध्यक्ष अरुणकुमार खनालले प्रहरी निरीक्षक रघु सिंह विष्टलाई कोरोना रोकथामका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष राजेन्द्र ओली र सह–सचिव राजाराम सिटौलाको उपस्थिति रहेको थियो ।
नेपालमा पुनः माहामारीको रूपमा फैलिरहेको कोरोनाको दोस्रो लहर र यसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि दैनिक रूपमा फ्रन्ट लाइनमा रहेर काम गर्नुपर्ने प्रहरीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नारायणगढ रोटरी क्लबद्वारा उक्त कार्यालयका लागि ५०० थान सर्जिकल मास्क, एन ९५ मास्क १५० थान र ५ लिटर सेनिटाइजर वितरण गरिएको क्लबले जनाएको छ । सो मध्ये क्लबका पूर्वअध्यक्ष राजेन्द्र ओलीबाट १५० थान एन ९५ मास्क र रोटरी डिष्ट्रिक्टबाट ५०० थान सर्जिकल मास्क सौजन्य गरेको क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका