aroma
जोडिनुहोस
  • होमपेज
  • अभिनेत्री आँचल र गायक शिवको निशालाई सहयोग

अभिनेत्री आँचल र गायक शिवको निशालाई सहयोग

काठमाडौँ, जेठ ३१ –

नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई अभिनेत्री आँचल शर्मा र गायक शिव परियारले आर्थिक सहयोग गरेका छन् ।

निशालाई अभिनेत्री शर्माले एक लाख रुपैंयाँ र गायक परियारले १० हजार रुपैंयाँ सहयोग गरेका हुन् । अभिनेत्री आँचलले हिजो आइतबार अस्पताल पुगी निशालाई भेटेकी थिइन् ।

निशासँगको भेटमा निशाका पितालाई आफूले पनि केही आर्थिक सहयोग गर्न चाहेको बताएपछि सोमबार उनले सहयोग गरेकी हुन् ।
गायक शिवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले निशालाई १० हजार सहयोग गरेको जनाएका छन् ।

निशा तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घटनामा गम्भीर घाइते भएकी थिइन् । उपचार गर्ने खर्च नपाएपछि उनी ओछ्यानमा थलिएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका