aroma
जोडिनुहोस
  • होमपेज
  • चितवनका विभिन्न ठाउँका सुकुमबासी ५० परिवारलाई खाद्यान्न सहयोग

चितवनका विभिन्न ठाउँका सुकुमबासी ५० परिवारलाई खाद्यान्न सहयोग

चितवन, जेठ ३१-

इन्ट¥याक्ट क्लब अफ वाल्मीकिले चितवनका विभिन्न ठाउँका सुकुमबासी ५० परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

रत्ननगर टाँडीमा रहेको सुकुमबासी टोलमा रहेका ३१ घरपरिवार र भरतपुर–१० का १९ घरपरिवार गरी जम्मा ५० घरपरिवारका करिब २२२ जनालाई फिड द हङ्ग्री नेपालको सहयोगमा उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेल र प्रज्ज्वल न्यौपानेको उपस्थितिमा क्लबका अध्यक्ष इन्ट¥याक्टर अमृत ढकालले उक्त परिवारहरूलाई खाद्यान्न सहयोग गरेका हुन् ।

प्रतिपरिवार १५ केजी चामल, १ केजी दाल, नुन १ पोका, ६ थान सेनिटरी प्याड, १ थान सेनिटाइजर र आवश्यक मात्रामा मास्कहरू वितरण गरिएको क्लबका अध्यक्ष अमृत ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । निषेधाज्ञाका कारणले दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्न गा¥हो परेका गरिब परिवारहरूलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको र आवश्यकताको पहिचान गरी अन्य स्थानहरूमा पनि थप खाद्यान्न सहयोग गर्ने अध्यक्ष ढकालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका