aroma
जोडिनुहोस
  • होमपेज
  • चितवनका अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप ५० प्रतिशतले घट्यो, आज ९२ संक्रमित थपिए

चितवनका अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप ५० प्रतिशतले घट्यो, आज ९२ संक्रमित थपिए

चितवन, जेठ ३१-

चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप घटेको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा आज दुई जना कोरोना संक्रमितको निधन भएको छ । मृतक मध्ये दुई जना नै बाहिर जिल्लाका हुन् । उनीहरु एक जनाको भरतपुर अस्पताल र अर्काे एक जनाको चितवन मेडिकल कलेजमा निधन भएको हो ।

जेठको पहिलो हप्तासम्म चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप झण्डै ६०० जनाको हाराहारीमा पुगेको थियो तर आज यो संख्या घटेर २८६ मा झरेको छ । जसमध्ये आईसीयूमा १०७ जना, भेन्टिलेटरमा ३७ जना, एचडीयूमा ३७ जना र जेनरल बेडमा १४३ जनाको उपचार भइरहेको छ । यसैगरी बिगत २४ घण्टामा २७ जना बिरामी डिस्चार्ज भएका छन् । वैशाखको अन्त्य र जेठको पहिलो हप्तामा बिरामीको संख्या आईसीयूमा २०० बढी पुगेको थियो ।

विगत २४ घण्टामा चितवनमा ९२ कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ६९ जना, खैरहनीमा ६ जना, माडीमा ४ जना, रत्ननगरमा ३ जना, राप्तीमा ८ जना र कालिकामा २ जना रहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार आजसम्म चितवनमा २४४ जना संक्रमितको निधन भइसकेको छ । अहिले चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ५४२ जना रहेको छ ।

भरतपुर अस्पतालका कोभिड कोअर्डिनेटर डा प्रमोद पौडेललका अनुसार चितवनका अस्पतालहरुमा बिरामीको चाप घट्दै गएको छ । उनले भने, ‘चितवनको शहरी क्षेत्रमा मात्र नभएर पहाडी क्षेत्रमा पनि कोरोना संक्रमितको संख्या घट्दो छ । ’ उनले निषेधाज्ञाको कारणले पनि कोरोना संक्रमण घट्न गएको बताए । त्यसैगरी उनले नागरिकहरु कोरोनाप्रति सचेत हुँदै जानु पनि घट्नुको कारण रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका