aroma
जोडिनुहोस
  • होमपेज
  • अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने पाकिस्तानको प्रयासले सफलता पाएन

अमेरिकासँगको सम्बन्ध पुनःस्थापित गर्ने पाकिस्तानको प्रयासले सफलता पाएन

इस्लामाबाद, जेठ ३० –

पाकिस्तानले अमेरिकासंग सम्बन्ध पुनर्जीवित गर्न पाकिस्तानले गरेको प्रयासले खासै सफलता हाँसिल गर्न नसकेको देखीएको छ। पाकिस्तानले अमेरिकी राष्ट्रपतिमा जो बाइडेन आएसंगै उक्त प्रशासनसंग सम्बन्ध सुधारका लागि गरेको प्रयासमा अमेरिकी प्रशासनले खासै महत्व नदिएको बताईएको छ । पाकिस्तानले बाइडेन प्रशासन आएसंगै अमेरिकासंगको सुरक्षा र आर्थिक सहयोगको अपेक्षा राख्दै आएको थियो।

राष्ट्रपति बाइडेनले पाकिस्तानलाई राम्ररी बुझेको र नयाँ समझदारीको मार्ग प्रशस्त गर्न मद्दत पुर्‍याउँने भन्दै पाकिस्तान आशावादी बनेपनि अमेरिकाले महत्व नदिएको पाकिस्तानी संचार माध्यमहरुले बताएका छन् ।

नीति निर्माणमा संलग्न एक वरिष्ठ पाकिस्तानी अधिकारीले द एक्सप्रेस ट्रिब्यूनलाई पाकिस्तान अमेरिकासँगको सम्बन्ध पूर्ण रूपमा द्विपक्षीय लेन्स मार्फत विकास गर्न चाहेको र चिनियाँ लेन्स वा भारतीय लेन्सबाट बुझ्न नचाहेको भारतिय संचार माध्यम इन्डीया ब्लुम्सले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका