जोडिनुहोस
  • होमपेज
  • चितवनमा खोप लगाउन पुगेका फ्रन्ट लाइनरहरुलाई छैन कोरोना डर : सामाजिक दुरी खोई ? (फोटोफिचर)

चितवनमा खोप लगाउन पुगेका फ्रन्ट लाइनरहरुलाई छैन कोरोना डर : सामाजिक दुरी खोई ? (फोटोफिचर)

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, जेठ २७
चितवनमा कोभिड– १९ विरुद्धको भेरोसेल खोप लगाउने अभियान जारी छ । अभियानको आज तेश्रो तथा अन्तिम दिन पहिला लगाउन छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकार (फ्रन्टलाइनर) हरुलाई खोप लगाइएको छ । सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको हो ।

चितवनको सात वटा स्थानीय तहको स्वास्थ्य संस्थामार्फत आज खोप लगाउने कार्य जारी छ । खोप केन्द्रमा पुगेकाहरुले सामाजिक दुरीको पालना गरेको देखिँदैन थियो । खोप केन्द्रमा खोप लगाउन जानेहरुको ठेलमठेल थियो । यस्तो लग्थ्यो उनीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को केही डर नै छैन ।

फ्रन्ट लाइनमा काम गर्नेहरुले नै सामाजिक दुरी कायम नगरिदिँदा आफूहरु नै अचम्मित भएकोे स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए । ‘उहाँहरुलाई सबै थाहा छ । हामीले के सिकाउने ? कसरी भन्ने ?, उनले भने, ‘उहाँहरुले आफै जान्नुपर्ने कुरा हो ।’

जेष्ठ २५ गतेबाट सुरु गरिएको खोप अभियान २५ र २६ गते ६२ वर्ष पूरा भई ६४ वर्ष ननाघेका वृद्धवृद्धाहरुलाई लगाइएको थियो । २०१३ जेठ १५ गतेदेखि २०१६ जेठ २५ गतेभित्र जन्मिएका नागरिकलाई खोप लगाइएको हो । उनीहरुलाई पनि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइएको हो ।

वृद्धवृद्धाहरुलाई वडा कार्यालयमा रहेको स्वास्थ्य संस्थामा खोप लगाइएको थियो । २५ गते ३ हजार ९४६ जना र २६ गते ४ हजार ८४५ जना वृद्धवृद्धालाई खोप लगाइएको तिवारीले जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका