जोडिनुहोस
  • होमपेज
  • भारतको उत्तरप्रदेशमा यात्रुबस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु,६ जना घाइते

भारतको उत्तरप्रदेशमा यात्रुबस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु,६ जना घाइते

 

भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कानपुरमा गएराति यात्रुबस र लोडर ठोक्किँदा भएको दुर्घटनामा थप ६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर जुधेका हुन् । मृत्यु हुनेहरु धेरैजसो लोडरमा सवार मजदुर छन् । घाइतेको कानपुर र इलाहाबादका अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले दुई/दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका प्रति परिवारलाई दुई/दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका