जोडिनुहोस
  • होमपेज
  • भरतपुर सिटी हल निर्माणमा डीपीसीको काम हुँदै, निषेधाज्ञाले कामदारको अभाव

भरतपुर सिटी हल निर्माणमा डीपीसीको काम हुँदै, निषेधाज्ञाले कामदारको अभाव

चितवन, जेठ २५-

भरतपुर सिटी हल निर्माणमा अहिले डीपीसीको काम धमाधम भइरहेको छ ।

कोरोना महामारी र निषेधाज्ञाले गर्दा काममा खटिने मजदुरहरुको भने अभाव भएको निर्माण कम्पनीले जनाएको छ । सिटी हल निर्माण परियोजनाका इञ्जिनियर प्रविन यादवले सिटी हल निर्माणमा डीपीसीको लागि बिम बाध्ने काम हुँदै गरेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ डीपीसी लेभलको काम हुँदै छ । पीपीसी र बिम बाध्ने काम भइरहेको छ । ४० जना जति कामदारले नियमित काम गरिरहेका छन् ।’

कोरोना महामारीको कारणले विभिन्न जिल्लामा निषेधाज्ञा भएकोले घर गएका कतिपय कामदारहरु चितवन फर्किन सकेका छैनन् । निषेधाज्ञा अगाडि घर हिडेका कामदारहरु फर्किन पाएका छैनन् । जसबाट निर्माणमा पर्याप्त कामदारहरु खटाउन नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

परियोजनाका इञ्जिनियर यादवले सिटी हल निर्माणमा अझै ४० जना जना मजदुर आवश्यक परेको तर घर गएका मजदुरहरु फर्किन नपाएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ निषेधाज्ञाको असरले पर्याप्त मजदुर काममा खटाउन सकिएको छैन । गाउँघरमा खेतीपातीको सिजन सुरु भएकोले पनि मजदुर पाउन कठिन भएको छ । जतिले काम गरिरहेका छन् । सुरक्षा मापदण्ड अपनाएर काम गरिरहेका छौं ।’
गत मंसिरमा सिटी हल निर्माणको सम्झौंता भएर काम सुरु भएको थियो । २७ महिनामा सक्ने टार्गेट रहेको सो परियोजना समयमा नै सक्ने गरी काम भइरहेको इञ्जिनियर यादवले बताए । महानगरपालिकाले उपलब्ध गराएको जमिनमा संघीय सरकारको बजेटबाट सिटी हल निर्माण थालिएको हो ।

जिल्ला समन्वय समितिका नाममा रहेको जग्गा सिटी हल निर्माणका लागि महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । जिल्ला समन्वय समितिको भवनपछाडि भरतपुरको बाइपास रोड आडमा सिटी हल बन्दै छ । सिटी हलको प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ गते शिलान्यास गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका