जोडिनुहोस
  • होमपेज
  • बौद्धमा बोराभित्र मानिसको शव फेला, प्रहरी भन्छ-तीन साता पुरानो शव

बौद्धमा बोराभित्र मानिसको शव फेला, प्रहरी भन्छ-तीन साता पुरानो शव

काठमाडौँ,जेठ २५ –

काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ ।

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएको जानकारी दिनुभयो । साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन् । अहिले शवको पहिचान भइसकेको छैन । चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका