जोडिनुहोस
  • होमपेज
  • चितवनमा झण्डै दश हजार वृद्धवृद्धालाई भोलिबाट भेरोसिल खोप लगाइँदै, कोभिड सिल्ड भन्दा साइड इफेक्ट कम

चितवनमा झण्डै दश हजार वृद्धवृद्धालाई भोलिबाट भेरोसिल खोप लगाइँदै, कोभिड सिल्ड भन्दा साइड इफेक्ट कम

चितवन, जेठ २४-

चितवनमा दोस्रो चरणको खोप अभियानअन्तर्गत भोलिबाट दुई दिनसम्म वृद्धवृद्धालाई चीनको भेरोसिल खोप पहिलो डोज लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले ६२, ६३ र ६४ उमेर समूहमा लगाइने यो खोप चितवनका विभिन्न खोप केन्द्रहरुमा लगाउन सकिने जनाएको हो । यो उमेर समूहका वृद्धवृद्धा चितवनमा झण्डै १० हजार रहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन्, ‘ चीनमा उत्पादन भएको भेरोसिल खोप चितवनमा पहिलो पटक लगाउन लागिएको हो । काठमाडौँलगायत अन्य जिल्लामा लगाएको अनुभवहरु सुन्दा यो खोपको साइड इफेक्ट भारतमा बनेको कोभिड सिल्डको भन्दा कम छ । यहाँ कति साइड इफेक्ट देखिन्छ खोप लगाएपछि थाहा हुन्छ ।’

चितवनका यस अघि ६५ वर्षमाथिका वृद्धवृद्धालाई कोभिडसिल्ड खोपको पहिलो डोज लगाइएको थियो । जसको दोस्रो डोज चार महिना बित्दा पनि वृद्धवृद्धाले लगाउन पाएका छै्रनन् ।

स्वास्थ्य कार्यालय चितवनले आज एक सूचना जारी गर्दै वडामा रहेका खोप केन्द्रहरुमा आफ्नो परिचयपत्र लिएर ६२ देखि ६४ उमेर समूहका वृद्धवृद्धालाई खोप केन्द्रमा जान अनुरोध गरिएको छ । सूचनामा भनिएको छ, ‘ लक्षित वर्गमा परेका सबैले खोप लगाऔं, कोरोना नियन्त्रण गरौं । २५ र २६ गतेका दिन दुई दिन खोप लगाइने भएकोले सबैले उमेर खुल्ने परिचयपत्र बोकेर स्वास्थ्य केन्द्रमा जाऔं ।’

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका