जोडिनुहोस

Banner

चितवन, जेठ २१–

कोरोना भाइरसका कारण अहिले देशका केही जिल्ला बाहेक सबैमा निषेधाज्ञा छ । निषेधाज्ञाका बेला रक्तदान कार्यक्रममा कमी आएको छ । जसका कारण रगत अभाव सिर्जना हुन थालेको छ ।

यही अवस्थालाई ख्याल गर्दै नेकपा (माओवादी) केन्द्रको भातृ संगठन वाईसियल नेपाल र अखिल (क्रान्तिकारी) चितवनले रक्तदान अभियान थालेको छ । विभिन्न ठाउँहरुमा गरिदै आएको रक्तदान शुक्रबार माडीको सुकुम्बासी बस्ती बादरझुलामा गरिएको छ । जहाँ सिमान्तकृत चेपाङ जातिको बसोबास बाहुल्यता छ । रक्तदान कार्यक्रममा चेपाङ युवाहरु खुलेर सहभागिता जनाएका छन् ।

माओवादी केन्द्र चितवनका अध्यक्ष इन्द्रजित परियारले जिल्ला ईन्चार्ज सन्तोष पनेरुलाई र माडीका मेयर ठाकुर ढकालले वाईसियल बादरझुल्ला अध्यक्ष मदनलाई ब्लड ब्याग दिएर रक्तदान कार्यक्रमका सुरुवात गरिएको थियो । माडीमा चार दिन निरन्तर रक्तदान कार्यक्रम चल्ने छ ।

कोभिडका कारण पैदा भएको रक्तसंकटलाई हल गर्न वाईसियल नेपाल र अखिल ९क्रान्तिकारी० चितवनको रक्तदान अभियानको निरन्तरतामा आज माडीको बादरंझुल्लामा १ यो कार्यक्रम २२ गते बगै र देबेन्द्रपुर,२३ गते बसन्तपुर र २४ गते बरुवा मा गरी माडीमा ४ दिन चल्नेछ १

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *