जोडिनुहोस
  • होमपेज
  • चितवनका यी ठाउँमा भोलि चार घण्टा विद्युत् अवरुद्ध हुने

चितवनका यी ठाउँमा भोलि चार घण्टा विद्युत् अवरुद्ध हुने

चितवन, जेठ २१–

चितवनका विभिन्न ठाउँमा भोलि (शनिबार) चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युत्का पोलहरु सार्ने काम भएकाले भोलि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको भरतपुर–२ र औद्योगिक फिडर–१ अन्तरगतका स्थानहरुमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

यदि तोकिएकै समय भन्दा पहिले काम सम्पन्न भए छिट्टै विद्युत् सुचारु हुने प्राधिकरणले जनाएको छ ।

एक प्रतिक्रिया on “चितवनका यी ठाउँमा भोलि चार घण्टा विद्युत् अवरुद्ध हुने

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका