जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt

स्वास्थ्य

रगतबाट सर्दैन कोरोना

रगतबाट सर्दैन कोरोना

काठमाडौँ, जेठ २०-

रक्त सङ्कलन केन्द्रले रगत सङ्कलनका लागि कोरोना (कोभिड–१९) को सङ्क्रमण बाधक नरहेको जनाएको छ । “कोरोना सङ्क्रमण भएकाबाट पनि रक्त सङ्कलन गर्न कुनै बाधा छैन”, सङ्कलन केन्द्रका निर्देशक दिव्य पौडेलले भन्नुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमण भएकाबाट रक्त सङ्कलन गर्दा रगत लिनेलाई सर्दैन ।

“कोरोनाको महामारीपछि रगत सङ्कलनमा ठूलो कष्ट व्यहोर्नु परेको छ । निषेधाज्ञामा त रगत सङ्कलन गर्न अझ कठिन भएको छ”, उहाँले केन्द्रले भोगिरहेको समस्या जानकारी दिँदै अस्पतालमा बिरामीलाई यही बेला रगतको चाप पर्न थालेको बताउनुभयो । आवश्यक रगत सङ्कलनका लागि सङ्कलन केन्द्रले टोलटोलका युवा समाज, सहकारी, वित्तीय संस्था, सहकारी लगायतका समूहगत रूपमा मानिसको उठबस हुने सम्भावित क्षेत्रमा रगत सङ्कलनका लागि पहल गरिरहेको छ । रक्तदातालाई बिनारोकतोक आवागमनमा सहजतासमेत केन्द्रले उपलब्ध गराएको छ ।

“अहिले रगतको माग निकै छ”, कलेजमा अध्ययनरत विद्यार्थी वर्गबाट रक्तदानको आशा केन्द्रले गरेको छ । जेठ महिनामा औसत ६० युनिट रगत सङ्कलन आवश्यक रहेकोमा ३० युनिटसम्म सङ्कलन भइरहेको पौडेल बताउनुहुन्छ ।

वैशाख महिनामा दुई हजार ४९६ युनिट रगत सङ्कलन हुन सक्यो । जेठ १५ गतेसम्म एक हजार ९२ युनिट सङ्कलन भएको छ । गणेशमान सिंह स्मृति प्रतिष्ठानका समाजसेवी एवं ३ नं. प्रदेश सभा सदस्य नरोत्तम वैद्यका अनुसार विद्युतीय सामाजिक सञ्जाल, जनसम्पर्क र टेलिफोनबाट समेत रक्तदानका लागि आह्वान गरिरहेको जानकारी दिनुभयो । प्रतिष्ठानले रगत सङ्कलनमा अभियान नै चलाएको उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमणका कारण रक्तदान शिविर सञ्चालनमा आउन सकेको छैन तर पनि प्रतिष्ठान लगायतका सामाजिक संस्था र अभियन्ताबाट रगत सङ्कलन भइरहेको निर्देशक पौडेल बताउनुहुन्छ । रामघाट स्वास्थ्य केन्द्रका अध्यक्ष प्रवेश भण्डारीले रक्तदान गर्न इच्छुकले केन्द्रमा सम्पर्क गरिरहेको जानकारी दिनुभएको छ तर केन्द्रमा रक्त सङ्कलनको सुविधा छैन । गोरखापत्रबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका