चितवन विशेष

चितवन ट्राफिकलाई ‘जल’ ब्राण्डको स्वास्थ्य सामग्री सहयोग

Banner

चितवन, जेठ १०–

महालक्ष्मी वायर एण्ड केबल इण्डस्ट्रिज प्रा.लि.को उत्पादन ‘जल’ पाइप एण्ड फिटिङस् र चितवनका लागि ‘जल’को आधिकारिक विक्रेता उत्सव सप्लायर्सले कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमकाबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामग्री जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक भगवान थापालाई हस्तान्तरण गरे । उनीहरुलाई १५ सय थान मास्क, १५ लिटर स्यानिटाइजर र ३० वटा फेस सिल्ड सहयोग गरिएको ‘जल’को चितवनका लागि आधिकारिक विक्रेता उत्सव सप्लायर्स प्रा.लि.का संचालक शिरिष पन्तले जानकारी दिए ।

चितवनमा ‘जल’ ब्राण्डको उत्पादन विक्री वितरण सुरु नभएपनि विषम् परिस्थितिलाई मध्यनजर गर्दै उद्योगका प्रवन्ध निर्देशक गिरिश जैनले स्वास्थ्य सुरक्षा सामग्री चितवन पठाएका थिए । कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य सामग्री पठाएपछि चितवन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो । ‘चितवनको बजारमा ‘जल’को उत्पादन ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ, जिल्लामा उत्पादन विक्री वितरण नहुँदै ट्राफिक सुरक्षामा ध्यान दिएर कम्पनीले स्वास्थ्य सामग्री वितरण अभियान थालेको हो’–महालक्ष्मी वायर एण्ड केबल इण्डस्ट्रिज प्रा.लि.का अध्यक्ष जैनले भने । उनले आगामि दिनमा पनि यस्तै सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

‘जल’ ब्राण्डका पाइप एण्ड फिटिङस् जापानी कच्चा पदार्थबाट अत्याधुनिक जर्मनी प्रविधिबाट उत्पादन गरिएको र यसले ग्राहकको मन जित्नेमा विश्वस्त रहेको उत्सव सप्लायर्स प्रा.लि.का अर्का संचालक अमर रायमाझीले जानकारी दिए । उनले चितवनका ग्राहकका लागि नयाँ उत्पादन भए पनि गुणस्तरमा विश्वस्त हुन आग्रह गरे । कम्पनीले उत्पादन विक्री वितरण गर्ने मात्र नभई हरेक सुख, दुःखमा साथ दिने भएकाले नै अहिलेको अवस्थामा स्वास्थ्य सामग्री वितरणको कार्यक्रम गर्दै आइरहेको उत्सव सप्लायर्सका अर्का संचालक बुद्धिकान्त न्यौपानेले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चर्को घाममा ट्राफिक प्रहरी चेकजाँचमा खटिनु पर्ने भएकाले स्वास्थ्य सामग्री उत्तिकै आवश्यक पर्ने बताए । उनले सोही समस्यालाई ध्यान दिँदै निजी क्षेत्रले विगतका वर्षदेखि नै सहयोग गर्दै आइरहेको भन्दै यसपटक ‘जल’को आधिकारिक विक्रेता उत्सव सप्लायर्सले स्वास्थ्य सामग्री सहयोग गर्नु सह्रानिय रहेको बताए । उनले संकटको बेला निजी क्षेत्रले यसैगरि सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमखु एवं प्रहरी निरीक्षक भगवान थापाले स्वास्थ्य सामग्री सहयोग गरेकोमा ‘जल’ र यसको चितवनका लागि आधिकारिक विक्रेता उत्सव सप्लायर्सलाई धन्यवाद ज्ञापन गरे । उनले आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । अहिले कोभिडको बेला प्रहरीको खटाई झनै बढेको भन्दै स्वास्थ्य सामग्रीको अभाव सिर्जना भइरहेको बताए । उनले प्राप्त सहयोग सामग्री जिल्लाका सबै मातहतमा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिने बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा महालक्ष्मी वायर एण्ड केबल इण्डस्ट्रिज प्रा.लि.का प्रतिनिधि लोकनाथ घरासैनीलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>