जोडिनुहोस
  • होमपेज
  • चितवनको सनराइज स्कूलका प्रिन्सिपलको कोरोनाका कारण मृत्यु,आमा र दिदीको पनि ज्यान गयो

चितवनको सनराइज स्कूलका प्रिन्सिपलको कोरोनाका कारण मृत्यु,आमा र दिदीको पनि ज्यान गयो

चितवन,जेठ १०-

चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँको ५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको निदान हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्वरो आएको थियो । “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्वरो आएपनि अन्य समस्या थिएन, तर अकस्मात मृत्यु भएको दुःखद खबर आयो,उहाँले भन्नुभयो ।”

उहाँको एक महिना अघि मात्रै दिदीको मृत्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृत्यु भएको हो । दिदीको मृत्यु भएको चार दिनपछि आमाको पनि मृत्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृत्यु भएको आचार्यले बताउनुभयो । आमा र दिदीकोे भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

स्व.भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्यो । पुख्यौली घर दोलखा भएका उहाँको परिवार काठमाडौंमा बस्दै आएको थियो । उहाँका श्रीमती र एक छोरा छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका