जोडिनुहोस
  • होमपेज
  • पटिहानी र माडीमा धमाधम बन्दैछ दुई ठूला कवर्डहल

पटिहानी र माडीमा धमाधम बन्दैछ दुई ठूला कवर्डहल

चितवन, जेठ ३–

चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीस्थित धनौजी र माडी नगरपालिका–३, स्थित बघौडामा धमाधम बहुउद्देश्यीय कवर्डहल निर्माण भइरहेको छ ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रमा पर्ने ती ठाउँमा देशकै ठूलो कवर्डहल धमाधम निर्माण भईरहेको छ । कोरोना कहरका बीचमा पनि कवर्डहल निर्माणको कामले तीब्रता पाएको छ । अघिल्लो आर्थिक वर्षदेखि निर्माण सुरु गरिएको सो योजनाहरुको १ करोड बराबरको फाउन्डेसनको काम यसअघि नै सम्पन्न भईसकेको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट चालू आर्थिक वर्षमा बहुवर्षीय योजना अन्तर्गत यही २०७८ पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरि ७/७ करोड बराबरको काम भईरहेको भरतपुर–२२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए । करिब ११ करोडको लागत अनुमान गरिएको यी कवर्ड हलले सिङ्गो चितवनको खेलकुद लगाएत अन्य गतिविधिमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने प्रदेश सांसद रामलाल महतोले बताए । यी बहुउद्देश्यीय कवर्डहल निर्माणले खेलकुदकै माध्यमबाट सिङ्गो महानगरको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।

करिब २ हजार ५ सय दर्शक क्षमताको यस कवर्डहलमा विभिन्न ईन्डोर खेलहरु संचालन गर्न सकिने जिल्ला खेलकुद विकास समितिका पूर्व प्रवक्ता एवं पटिहानी युवा तथा खेलकुद विकास परिषद्का सल्लाहकार संयोजक रामहरि सेढाईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका