जोडिनुहोस
  • होमपेज
  • माडीमा बन्यो ८ शैय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर

माडीमा बन्यो ८ शैय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर

राकेश चौधरी

चितवन, जेठ ३–

चितवनको माडी नगरपालिकामा ८ शैय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर संचालनमा आएको छ । नगरपालिकाको शाविक कृषि शाखाको भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको हो ।

नगरपालिकाको पाँच लाख रुपैयाँको लागतमा संचालनमा ल्याइएको आइसोलेसन सेन्टर आज (सोमबार)बाट विधिवत रुपमा संचालनमा आएको हो । माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले आइसोलेसन सेन्टरका प्रमुख डा.आलोक कुमारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेसंगै औपचारिक रुपमा संचालनमा आएको हो ।

बघौंडा अस्पताल अन्तरगत स्थापित आइसोलेशन सेन्टर अपांगमैत्री समेत रहेको छ । सो सेन्टरमा ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन’ सहित ज्वरो र कोरोनाका शंकास्पद बिरामीहरुलाई जाँच्ने डेस्क समेत रहेको छ ।

आइसोलेसन सेन्टर सुरुवात कार्यक्रममा नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत अर्जुन गौतम, वडाध्यक्ष पुरन महतो, स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीलगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय माडीमा समेत कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । अहिले माडीका ८६ जना आइसोलेसनमा छन् । कोरोनाबाट माडीमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।

आज विहान मात्रै भरतपुर अस्पतालमा उपचाररत माडी–५ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । हिजो मात्रै कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका ती पुरुषको आज विहान ३ः३५ बजेको समयमा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका