जोडिनुहोस
  • होमपेज
  • नेपालमा कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ५ हजारभन्दा बढीले जिते कोरोना

नेपालमा कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ५ हजारभन्दा बढीले जिते कोरोना

काठमाडौं, जेठ ३ –

कोरोना भाइरस संक्रमणका कारण एकै दिन नेपालमा २१४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।

पछिल्लो २४ घण्टामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको मन्त्रालयले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका