जोडिनुहोस
  • होमपेज
  • नेकपा एमालेको विवाद समाधानका लागि बन्यो ५–५ जनाको वार्ता टोली

नेकपा एमालेको विवाद समाधानका लागि बन्यो ५–५ जनाको वार्ता टोली

काठमाडौँ, २ जेठ-

नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गर्ने भइएको छ ।

कार्यदलमा दुवै पक्षका ५र५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा  अध्यक्ष ओलीकाे पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल प्रदीप ज्ञवाली शंकर पोखरेल र विष्णु रिमाल छन् भने  माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।

बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका