जोडिनुहोस
  • होमपेज
  • आगनमा राखेको मोटरसाईकल चोर्ने भरतपुरबाट ३ जना पक्राउ

आगनमा राखेको मोटरसाईकल चोर्ने भरतपुरबाट ३ जना पक्राउ

चितवन, जेठ २ –

चितवनमा मोटसाइकल चोरी गर्ने तिन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर वडा नं १९ शारदानगर बस्ने  २० वर्षीय आकास तामाङ, पुर्वी नवलपरासी गैडाकोट ७ गैह्रीटोल स्थाथी घर भई हाल भरतपुर ५ मा डेरा गरी बस्ने  २८ वर्षीय दुर्गा पौडेल र पूर्वी नवलपरासी गैडाकोट ९ थुम्सी बस्ने  २० वर्षीय सन्दिप आले रहेका छन् ।

उनीहरुले भरतपुर १९ का प्रेम सिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको ना ४३ प १९३३ नम्बरको मोटर साईकल चोरी गरेका हुन् ।मोटरसाईकल हराएको भन्ने खबर प्राप्त भएपछी सादा पोशाकको प्रहरी अधिकृत सहितको टोली र प्रहरी बिट कृष्णपुर खटिएको टोलीले अनुसन्धान गरेका थिए । खोजतलास गर्दै जाँदा प्रहरीले आकास तामाङलाई नियन्त्रणमा लिए ।

आकासलाई सोधपुछ गर्ने क्रममा दुर्गा पौडेलको घरकोठामा लुकाई छिपाई राखेको मोटरसाईकल बरामद गरिएको प्रहरी प्रवक्ता सरोज गिरीले जानकारी दिए । साथै उक्त घटनामा सन्दिप आले पनि सामेल भएको गिरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका