जोडिनुहोस
  • होमपेज
  • चितवनमा निषेधाज्ञा थपः अत्यावश्यक व्यवसाय साताको तीन दिन, तीन घण्टा मात्रै खोल्न पाउने

चितवनमा निषेधाज्ञा थपः अत्यावश्यक व्यवसाय साताको तीन दिन, तीन घण्टा मात्रै खोल्न पाउने

चितवन, वैशाख ३०–

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । डिसिसिएमको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ गतेसम्म थप गरेको निषेधाज्ञा अवधिलाई थप कडाई गर्न लागेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा विज्ञप्तीमा अत्यावश्यक दैनिक वस्तु तथा सेवा सम्बन्धी व्यापार, व्यवसाय हप्ताको तीन दिन आइतबार, मंगलबार र विहीबार विहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाइने उल्लेख छ । त्यस्ता वस्तु तथा सेवा खरिद गर्दा घर नजिकको पसलबाट खरिद गर्न अनुरोध गरिएको छ ।

प्रशासनले औषधि, पेट्रोल पम्प, दूध डेरी, दुरसंचार, इन्टरनेट, विद्युत्, फोहोरमैला व्यवस्थापन, खानेपानी आपूर्ति सम्बन्धी सेवा तथा कार्यहरु संचालन हुने जनाएको छ भने तरकारी, फलफूल, खाद्यान्न, कुखुराका अण्डा, चल्ला तथा दाना, माछा, मासु खरिद विक्री विहान ६ बजेदेखि ९ बजेसम्म संचालन गर्ने जनाएको छ ।

यस्तै अत्यावश्यक सेवा प्रयोजनका लागि न्यूनतम कर्मचारी खटाइ आइतबार, मंगलबार र विहीबार मात्र तोकिएको मापदण्ड पालना गरी बाणिज्य बैंक संचालन गर्न पाइने तर अन्य वित्तिय संस्थ सहकारी संचालन गर्न नपाइने प्रशासनले जनाएको छ ।

2 प्रतिक्रिया on “चितवनमा निषेधाज्ञा थपः अत्यावश्यक व्यवसाय साताको तीन दिन, तीन घण्टा मात्रै खोल्न पाउने

  1. यो अति राम्रो but सबैलाई लगहनु पर्यो र ज़रिबन को स्टेप xutaiyosh गल्ती म

  2. औषधि पसल पनि साता को तीन दिन मात्रै हो कि सँधै हो । बुझिएन ??

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका