जोडिनुहोस
  • होमपेज
  • चितवनमा आज एकै दिन ११ कोरोना संक्रमितको मृत्यु, २४८ आईसीयू र ४४ को भेन्टिलेटरमा उपचार हुँदै

चितवनमा आज एकै दिन ११ कोरोना संक्रमितको मृत्यु, २४८ आईसीयू र ४४ को भेन्टिलेटरमा उपचार हुँदै

चितवन, वैशाख २९-

चितवनमा आज एकै दिन विभिन्न अस्पतालहरुमा ११ कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा ३ जनाको मृत्यु भएको हो । विगत २४ घण्टामा विभिन्न अस्पतालहरुमा ४२ जना डिस्चार्ज भएका छन् भने आईसीयूमा २४८ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४५५ जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका