जोडिनुहोस
alt
  • होमपेज
  • भरतपुर महानगरमा आइसोलेशन बनाउन प्रदेश सरकार सक्रिय, बागेश्वरीमा आइसोलेशन बनाउनेबारे छलफल

भरतपुर महानगरमा आइसोलेशन बनाउन प्रदेश सरकार सक्रिय, बागेश्वरीमा आइसोलेशन बनाउनेबारे छलफल

चितवन, बैशाख २३
तीव्ररुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्टको संक्रमणले चितवनलाई पनि त्रसित बनाएको छ । उपत्यका बाहिर बढी संक्रमित हुने जिल्लामा चितवन रहेको छ ।

यहाँका संक्रमितमध्ये करिब ८० प्रतिशत भरतपुर महानगरमा रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले पनि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले स्थानीय निकायहरुलाई आइसोलेशन सेन्टर निर्माण गर्न आग्रह गरिसकेको छ । तर भरतपुर महानगरले अझै पनि आइसोलेशन सेन्टर निर्माण गर्न सकेको छैन । अन्य स्थानीय तहले आइसोलेशन बनाइ सकेका छन् ।

यस्तो अवस्थामा भरतपुरमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ । भरतपुर महानगरमा आइसोलेशन निर्माणका लागि प्रदेश सरकारले चासो व्यक्त गरेको हो । प्रदेश सरकारले भरतपुर महानगरपालिका १ मा रहेको यागी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई कोभिड–१९ आइसोलशन बनाउने उद्देश्यले यस क्षेत्रको अवलोकन गरेको छ । प्रदेश प्रतिनिधिको रुपमा प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारी र प्रदेश सांसद विजय सुवेदीले आज बिहीबार चिकित्सालयको अवलोकन गरे । चिकित्सालयको अवलोकनपछि चितवनको सरोकारवाला निकायसँग छलफल गरिएको छ ।

छलफलमा चिकित्सालयमा २०० बेडको आइसोलेशन निर्माण गर्न सकिने प्रस्ताव पेस भएको छ । छलफल कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यहाँको बस्तुगत स्थितिको बारेमा प्रदेशमा छलफल गरिने र ठोस निर्णय गरिने बताए । उनले चिकित्सालयको बेड सँख्या हेर्दा यो स्थानीय सरकारले हेर्नुपर्ने देखिएको बताउँदै यद्यपी प्रदेश सरकारले यसबारे छलफल गर्ने बताए । आफूलाई मुख्यमन्त्रीले यहाँको अवस्था बुझ्न पठाएको बताउँदै उनले सबैकुरा मुख्यमन्त्री समक्ष राख्ने बताए ।

उनले स्वास्थ्यका कार्याललयका प्रमुखलाई आवश्यकता अनुसार स्वास्थ्यकर्मी करारमा नियुक्त गर्न र सामुदायिक भवनलाई आइसोलेशन बनाउन आग्रह गरे । सरकारले माहामारीका बेला सबै जिम्मा जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई दिएको बताउँदै उनले जिल्लामा आवश्यकता अनुसारका सबै कदम चाल्न आग्रह गर्दै बजेटको व्यवस्था सरकारले मिलाउने बताए ।

प्रदेश सांसद विजय सवेदीले चितवनमा पछिल्लो समय कोरोना फैलँदै गएका कारण आइसोलेशन निर्माणमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए । बागेश्वरीमा तत्काल आइसोलेशन बनाउन उपयुक्त देखिएकाले यसलाई अस्थायी कोरोना अस्पताल बनाउनेबारे पनि प्रदेशमा छलफल गरिने उनले बताए ।

चिकित्सालयका निर्देशक डा हेमराज कोइरालाले सञ्चालन गरेको छलफल कार्यक्रममा चितनवका प्रमुख जल्ला अधिकारी प्रेमलाल लामिछाने, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, बागेश्वरी आध्यात्मिक परिसर योगी नरहरि नाथ आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पिया देवघाट क्षेत्रविकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका