जोडिनुहोस
alt
  • होमपेज
  • चितवनमा १७ घण्टा भित्रै ७ जना कोरोना संक्रमितको मृत्यु

चितवनमा १७ घण्टा भित्रै ७ जना कोरोना संक्रमितको मृत्यु

चितवन, वैशाख २२–

चितवनमा पछिल्लो १७ घण्टामा सात जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा चार जना र चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा आज (बुधबार) विहान ५ः३५ बजेको समयमा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यही वैशाख १७ गते अस्पताल भर्ना भएका ती पुरुषको २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । आइसीयूमा उपचारको क्रममा ती पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.युवानिधि बस्यौलाले जानकारी दिए ।

यस्तै मगलबार राति ८ः४५ बजेको समयमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ४३ वर्षीय पुरुषको मृत्यु भएको छ । हेटौंडामै संक्रमण पुष्टि भएका ती पुरुष वैशाख १५ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । यस्तै मंगलबार दिउँसो ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–४ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ५ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै मंगलबार दिउँसो ३ः४५ बजेको समयमा बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १८ गते संक्रमण पुष्टि भएका ती पुरुष २० गते साँझ अस्पताल भर्ना भएका थिए ।

भरतपुर अस्पतालमा आज विहानसम्ममा ९६ जना कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये ७ जना आइसीयूमा छन् । पछिल्लो २४ घण्टामा १६ जना संक्रमित भर्ना भएका छन् भने ११ जना डिस्चार्ज भएका छन् ।

यस्तै चितवन मेडिकल कलेजमा तीन जना संक्रमितको मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका