
चितवन, वैशाख २०–
चितवनमा १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
रुपन्देहीको रोहिणी–५ घर भई हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
यही वैशाख १६ गते ११ बजेको समयमा आफ्नै घरमा छोरी नाता पर्ने अन्दाजी १२ वर्षकी बालिकालाई ती पुरुषले जबरजस्ती करणी गरेको भन्दै पीडितकी आमाले ईलाका प्रहरी कार्यालय, खैरहनीमा लिखित जाहेरी दिएकी थिइन् ।
ती पुरुषलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले स्विकार गरेकाले पक्राउ गरी आबश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।