जोडिनुहोस
  • होमपेज
  • नवलपुरमा आजदेखि १५ दिन निषेधाज्ञा लागु

नवलपुरमा आजदेखि १५ दिन निषेधाज्ञा लागु

कावासोती,बैशाख २१-

आजदेखि नवलपुर जिल्लामा निषेधाज्ञा लगाईने भएको छ । जिल्लामा ३ सयभन्दा बढी संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो। सोमबार जिल्ला प्रसासन कार्यालय पुर्वी नवलपरासीमा बसेको जिल्ला स्तरीय विपत व्यवस्थापन समितीको बैठकले नवलपुरमा वैशाख २१ गते आज रातीदेखि जेठ ४ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

सोमबारको दिन मात्र जिल्लामा ७७ जना नयाँ संक्रमित फेला परेका छन् । यो सहित नवलपुरमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३४६ पुगेको छ ।

नवलपुरमा पछिल्लो ३ जनाको निधन भएको छ भने नयाँ संक्रमणको लहर पछि संक्रमित भएका मध्ये २७ जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका