जोडिनुहोस
  • होमपेज
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी चार दलले बहिष्कार गर्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी चार दलले बहिष्कार गर्ने

चितवन,वैशाख २०-

लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्रीलाई बहिष्कार गर्ने घोषणा गरेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाको संयुक्त गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएको दावी गर्दै ‘अवैधानिक सरकार’लाई प्रदेशभर बहिष्कार गर्ने घोषणा गरेको हो ।सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गठबन्धनले प्रदेशसभाको बहुमतले अल्पमतका मुख्यमन्त्रीलाई खारेजको घोषणा समेत गरेका छन् ।

आइतबार आकस्मिक रुपमा नेकपा एमाले तथा लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका कपिलवस्तुका दीर्घनारायण पाण्डेलाई ४ दलको गठबन्धनले साझा उम्मेदवार बनाउने आश्वासन दिएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले जेठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको तर्फबाट पाण्डेलाई साझा उम्मेदवार बनाउने सहमति भएको बताए । आइतबार बिहान एमालेको संसदीय दलको बैठकमा सहभागी पाण्डेले दिउँसो मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएपछि राजीनामा दिएका थिए । कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेको राजीनामा स्वीकृत भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका