जोडिनुहोस
  • होमपेज
  • मध्यविन्दुका प्रशासकीय अधिकृतको दादागिरीः बाटोमाथि पर्खाल,नीजि जग्गा सम्याउन सरकारी गाडीको दुरुपयोग

मध्यविन्दुका प्रशासकीय अधिकृतको दादागिरीः बाटोमाथि पर्खाल,नीजि जग्गा सम्याउन सरकारी गाडीको दुरुपयोग

गैडाकोट, बैशाख २०-

नवलपरासिको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले गैंडाकोट नगरपालिकामा रहेको नीजि जग्गाको पर्खाल सडकको पिचमाथि लगाएका छन । गैंडाकोट नगरपालिका ७ न्यूरे टोलमा उनले सडकमाथि पर्खाल लगाएका हुन । उनले जग्गामा माटो सम्याउनका लागि सरकारी गाडीको समेत दुरुपयोग गरेका छन् ।

उनले आफुलाई सडक नचाहिने भन्दै सडकमाथि पर्खाल उठाएका हुन् । उनले आफु प्रशासकिय अधिकृत भएको र कसैले केही गर्न नसक्ने भन्दै दादागिरी प्रस्तुत गरेका छन । जग्गामा माटो भर्ने र पर्खाल लगाउने काम भएकाले उनि हरेक शनिवार त्यहाँ पुग्छन । त्यसमा पनि विदाको दिन सरकारी गाडी लिएर ।

जग्गामा सडकको कालो पत्रेसम्मै पर्खाल उठाइएको छ । जुन कदमको गैंडाकोट नगरपालिका ७ का न्यूरे टोलका स्थानीयले विरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत जस्तो मान्छेले नै आफुले नियम मिच्न प्रोत्साहन गर्दै दादागिरी देखाएको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । उनिहरुले सापकोटाले पटक–पटक सरकारी गाडीको दुरुपयोग गर्दै निजी कामका लागि आउने गरेको बताए । स्थानीय नविन अधिकारीले सरकारी गाडी लिएर प्रशासकीय अधिकृत सोे जग्गा सम्माउन आउने गरेको बताए ।

गत शनिबारको दिन पनि कोभिडको कहरका कारण विभिन्न जिल्लामा लकडाउन भइरहेका बेला प्रमुख प्रशासकीय अधिकृत सरकारी गाडीमा आएर जग्गा सम्माएको अधिकारीले जानकारी दिए । जग्गा सम्माउन प्रयोग गरिएको माटो पनि नारायणगढ–बुटवल सडकखण्डबाट ल्याइएको उनको आरोप छ । निषेधाज्ञाका बेला जनताले सास्ती भोगिरहेका बेला सरकारी गाडी चढेर निजी जग्गा सम्माउन आउने अनि सरकारी माटोको निजी काममा प्रयोग गर्ने सरकारी कर्मचारीलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने स्थानीयको माग छ । शनिवारको दिन सरकारी गाडी दुरुपयोग गरेको भिडियो नारायणी अनलाइनसंग सुरक्षित छ ।

गैंडाकोट नगरपालिका ७ का वडाध्यक्ष चोलानाथ उपाध्यायले प्रमुख प्रशासकीय जस्तो कानुन बुझेको व्यक्तिले यस्तो हर्कत गर्नु निक्कै लज्जास्पद भएको बताए । प्रमुख प्रशासकीय सापकोटाले कुलो पुरेर र बाटो मिचेर जग्गा सम्माएको वडाध्यक्ष उपाध्ययले बताए । बाटोभन्दा तीन मिटर छाडेर पर्खाल उठाउनुपर्नेमा सापकोटाले बोटोको पिचसम्म नै पर्खाल उठाउन लगाएका छन् । सापकोटासँग पटकपटक आग्रह गर्दा पनि सापकोटाले गैंडाकोट नगरपालिका र वडालाई नै अटेर गरिरहेको अध्यक्ष उपाध्यायले बताए ।

उक्त जग्गा प्रशासकीय अधिकृत सापकोटामार्फत नै विष्णुमति भट्टराईको नाममा खरिद गराइएको वडाध्यक्ष उपाध्यायले बताए । विष्णुमतिसँगको नातागत सम्बन्ध के हो ? भन्ने नखुलेता पनि प्रशासकीय अधिकृतकी श्रीमती प्रायजसो उक्त जग्गामा देखिने उपाध्यायले बताए । हरेक शनिबारका दिन प्रशासकीय अधिकृत सरकारी गाडीको दुरुपयोग गरेर जग्गा सम्माउन आउने गरेको उनले बताए । सो स्थानमा रहेको ३ कठ्ठा जग्गामा भौतिक संरचना निर्माणका लागि जग्गा सम्माउने कार्य भइरहेको छ ।

यस विषयमा बुझ्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले नारायणी अनलाइनलाई दोहोरो प्रतिक्रिया दिएका छन् । उनले कहिले एउटा कुरा, कहिले अर्काे कुरा गर्दै नारायणी अनलाइनलाई स्पष्ट प्रतिक्रिया दिएनन् । सुरुमा गैंडाकोटमा आँफू जाँदै नगएको र त्यहाँ कसैको पनि केही काम नभएको बताउने उनले भोलिपल्ट फेरि सम्पर्क गर्दा आफू उक्त बाटो हिँडेको बताए । अझै पनि स्पष्ट प्रतिक्रिया दिन नमानेका उनले भने, ‘गैंडाकोटका आधा जनसंख्या मेरा आफन्ति छन् । म कुन आफन्तिकोमा गएँ हुँला । कसको जग्गा हेरें हुँला । म सँधै गैंडाकोट गइरहन्छु ।’ उनले गैडाकोटका ७५ हजार मध्य ३७ हजार आफ्नो आफन्त भएको बताए । पुनः उनले कुरा फेर्दै भने,“सो जग्गामा विवाद छ,दुवै तर्फबाट आधा आधा जमिन छोड्नुपर्नेमा एकतर्फी मिचिएको छ । उनले भने, मैले चिन्दैन तर मेरो आफन्तको जग्गा हो ।”

(समाचारसंग सम्बन्धित भिडियो रिपोर्ट छिट्टै प्रशारण हुनेछ । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका