जोडिनुहोस
  • होमपेज
  • यस्तो देखियो चितवनमा निषेधाज्ञाको तेश्रो दिन (फोटो/भिडियोसहित)

यस्तो देखियो चितवनमा निषेधाज्ञाको तेश्रो दिन (फोटो/भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, बैशाख १७ –
चितवनमा निषेधाज्ञा जारी गरिएको आज तीन दिन भएको छ । कोरोना भाइरस (कोभिड– १९) को जोखिम नियन्त्रण गर्न बैशाख १५ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ ।

निषेधाज्ञाको तेश्रो दिन आज पनि सडकमा सुरक्षाकर्मीहरुले निषेधाज्ञा अवज्ञा गर्नेहरुलाई फिर्ता पठाएका छन् । अनुमतिपत्र तथा कार्ड नभएकाहरुलाई सिधै फर्काइएको छ ।

निषेधाज्ञाका बेला अति आवश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ । बैंकहरु खोल्न दिइएको छ भने किराना पसलहरु बिहान ९ बजेसम्ममात्र खोल्न दिइएको छ । बैंकमा जानेहरुलाई पहिचान गरेरमात्र जान दिइएको छ । विशेष गरी चितवन प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।

तस्विर र भिडियोमा हेरौं आज भरतपुर रिङ्गरोडमा देखिएको दृश्य :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका