जोडिनुहोस
  • होमपेज
  • साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

साढे एक लाख रुसी स्पुतनिक भी खोप भारत आइपुग्यो

हैदराबाद,बैशाख १९ –

कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ ।

रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुट्नीक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो । रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाई छ ।खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुलाई स्पुट्नीक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।
भारतमा योसँगै तीन ओटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुई ओटा खोप कोभ्याक्सीन र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो ।
भारतमा कोरोनाभाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ ।
महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरु प्रदान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका