जोडिनुहोस
  • होमपेज
  • संक्रमित भएर पनि चिकित्सकसहित १० नर्सले भेरी अस्पतालमा सेवा दिइरहेका छन

संक्रमित भएर पनि चिकित्सकसहित १० नर्सले भेरी अस्पतालमा सेवा दिइरहेका छन

नेपालगन्ज,बैशाख १९-

‘स्थिति सम्हालिसक्नु छैन’ भर्खरै भेरी अस्पतालको कोभिड वार्डबाट निस्केका डा पारस श्रेष्ठ भन्दैथिए, ‘हामी भोक–प्यास केही नभनि बिरामीको उपचारमा खटेका छौ । तर, जनशक्ति यति कम छ कि हामीले चाहेर पनि धेरै गर्न सक्ने स्थिति छैन ।’ फिजिसियन डा श्रेष्ठको भनाईले नेपालगञ्जको भयावह स्थिति जनाउँछ ।

१ सय ३५ बेड क्षमताको अस्पतालमा २ सय ७२ बेड राखेर उपचार भइरहेको छ । तैपनि, कोभिड वार्डका कुनै बेड खाली छैनन् । इमरजेन्सी कक्षमा बेड पर्खिनेको संख्या उत्तिकै छ । उनीहरुले पालो पाउन या कुनै बिरामी डिस्चार्ज हुनुपर्छ या त कसैको मृत्यु हुनुपर्छ ।

कोभिड महामारीको यो भयावह स्थितिमा पनि चिकित्सक र स्वास्थ्यकर्मी भने खासै थपिएका छैनन् । एक सय बेडको कोभिड वार्डको तयारीमा थियो, भेरी अस्पताल । धमाधम बेड र बिरामी थपिएपछि व्यवस्थापनमा पनि उत्तिकै कठिनाई उत्पन्न भएको डा श्रेष्ठ बताउँछन् ।

आफ्नो क्षमताले नधान्ने गरी बिरामी बढ्न थालेपछि अस्पतालले स्वास्थ्य मन्त्रालयसँग तत्काल चिकित्सक टोली पठाउन माग गर्‍यो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पनि ध्यानाकर्षण गरायो । तर, त्यसको कुनै रेस्पोन्स गरिएन् । जुन रुपमा महामारी फैलिएको थियो, त्यसको आपतकालीन रुपमा सम्बोधन गरिनुपर्‍थ्यो । तर, केन्द्र र प्रदेश सरकारले ध्यान दिएनन् ।

‘एउटा नर्सले ३० जना बिरामी हेर्नुपर्ने स्थिति छ’ कोभिड वार्डमै कार्यरत डा रजनी केसी शाह भन्छिन्, ‘आईसीयू र भेन्टिलेटरका बिरामीलाई झन धेरै केयर चाहिन्छ । स्थिति धेरै नै गाह्रो भईसकेको छ ।’ यस्तो भयावह स्थितिमा पनि थप जनशक्ति नपठाउँदा संकट झन् गहिरिने उनले बताईन् ।

भेरी अस्पतालका ९० स्वास्थ्यकर्मी आफै कोभिड संक्रमित छन् । इमरजेन्सीका ९ मध्ये ८ जना चिकित्सक संक्रमित भएपछि सेवा प्रभावित छ । यस्तोमा बिरामीको संख्या भने बढेको बढ्यै छ । नर्सिङ स्टाफ अभावले उपचार प्रभावित हुने स्थिति आएपछि सामान्य लक्षण देखिएका कोभिड संक्रमित नर्सलाई समेत काममा खटाइएको छ । संक्रमित भएर पनि चिकित्सकसहित १० नर्सले सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

नयाँ वर्ष नलाग्दै बाँकेमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको हो । १ बैशाखमा बसेको सर्वपक्षिय बैठकले भेरी अस्पतालको क्षमता बृद्धि गर्न र चिकित्सक टोली तत्कालै पठाउन केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको थियो । तर, झण्डै तीन सातासम्म त्यसको कुनै सुनुवाई भएको छैन् ।शिलापत्रबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका