जोडिनुहोस

Banner

चितवन, वैशाख १४-

चितवनमा कोरोना संक्रमण व्यापकरुपमा फैलिँदै गएपछि प्रशासनले भोलिबाट पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै अनिश्चितकालका लागि पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको जनाएको हो । प्रशासनसँग अनुमति लिएर २५ जना भन्दा बढी मानिस सहभागी नगराउने गरी सञ्चालन गर्ने व्यवस्था गरे पनि चितवनका केही पार्टी प्यालेसहरुले तोकिएको भन्दा अत्यधिक बढी मानिसहरु सहभागी गराएको पाइएकोले सबै बन्द गराइएको प्रशासनले प्रेषित गरेको सूचनामा उल्लेख छ ।

प्रशासन कार्यालयले पार्टी प्यालेसमा हुने भीडभाडले कोरोना बढ्न सक्ने जोखिमलाई मध्यनजर गरेर भोलिबाट अर्काे सूचना नभएसम्मको लागि बन्द गरिउको जनाएको छ ।

उता अचानक आएको यस्तो निर्णयले चितवनका ७० भन्दा बढी पार्टी प्यालेसमा तय भएका १०० भन्दा बढी विवाह भोजहरु क्यान्सिल भएका छन् । सगुन पार्टी प्यालेस चितवनका सञ्चालक प्रभाकर पण्डितले १७ गतेदेखि २७ गतेसम्मको लागि पार्टी प्यालेस बुक भएको तर अहिले आएको अचानकको निर्णयले मर्कामा परेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ गत वर्ष पनि यस्तै बन्द भयो अहिले पनि पूरा बन्द हुँदा हामी व्यवसायी मर्कामा परेका छौं । करिब एक साता अगाडि सूचना आएको भए हामीलाई केही सजिलो हुने थियो । अहिले अचानक पेश्की रकम फिर्ता गर्नुपर्दा निकै ठूलो समस्या भएको छ ।’ उनले पार्टी प्यालेस बन्द हुँदा धेरै मजदूर रोजगार विहिन बनेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *