जोडिनुहोस
  • होमपेज
  • डाक्टर भोजराज अधिकारी भन्छन् : चितवनमा कोरोना भयावह भइसक्यो, विवाह भोजमा नाँचगान गर्न छाडौं

डाक्टर भोजराज अधिकारी भन्छन् : चितवनमा कोरोना भयावह भइसक्यो, विवाह भोजमा नाँचगान गर्न छाडौं

चितवन, वैशाख १२-

भरतपुर अस्पतालका अध्यक्ष तथा वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले फेसबुक स्टाटस लेखेर समग्र चितवनबासीलाई कोरोनाको बढ्दो संक्रमणबारे सचेत गराउन खोजेका छन् ।

डाक्टर अधिकारीले चितवनको समुदायमा देखिएको विवाह, भोजभतेर, राजनीतिक कार्यक्रम र भीडभाडलाई देखेर स्टाटसमार्फत् चिन्ता व्यक्त गरेका हुन् । उनले चितवनका अस्पतालमा गम्भीर प्रकृतिका कोरोनाका बिरामीहरु मात्र आएकोले यसको पीडा अहिले अस्पताल, बिरामीको आफन्त र स्वास्थ्यकर्मीहरुले मात्र महसुस गरिरहेको तर समुदाय, सरकारी निकायहरु भने विवाहको भोजभतेरमा मस्त रहेकोमा चिन्ता व्यक्त गरेका छन् । गम्भीर खालको यस स्टाटसबारे नारायणी अनलाइनसँग कुरा गर्दै उनले भने, ‘गत वर्ष कोरोनाका बिरामीहरु नभेटिँदै सारा समुदाय आइसोलेसनहरु बनाउन, निषेधाज्ञा र लकडाउन गरेर सावधानीका उपायहरु अपनाइएको थियो । तर, अहिले कोरोनाको गम्भीर प्रकृतिको बिरामीहरु देखिँदै जादा कसैलाई मतलब नै छैन । झण्डै १०० प्रतिशत बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ भने आईसीयू र एचडीयू पनि धमाधम भरिन थालेका छन् । तर, पनि प्रशासन, महानगरलगायत समुदायलाई यसको रोकथामप्रति चिन्ता छैन ।’

उनले चितवनमा सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको प्रयोगमा विशेष कडाइ गर्नुपर्ने आवश्यकता पनि औल्याएका छन् । उनले नारायणी अनलाइनसँग भने, ‘ चितवनमा भीडभाड, भोजभतेर घट्न सकेन । राजनीतिक दलका भेला र प्रशिक्षण पनि जारी नै छन् । यदि स्वास्थ्य मापदण्डको पालनामा कडाइ नगर्ने हो भने हाम्रो अवस्था पनि भारतको जस्तै हुनसक्ने सम्भावना छ ।’ डाक्टर अधिकारीले लकडाउन मात्र सधै कोरोना रोकथामको उपाय नभएको विचार राखे । उनले भने, ‘यो रोग हिजोको मलेरिया जस्तै हरेक वर्ष यसैगरी निश्चित समयमा देखिने र हराउने हुन सक्छ । तसर्थ, सधै लकडाउन नै यसको रोकथामको उपाय होइन । स्वास्थ्य सुरक्षाको मापदण्ड कडारुपमा अपनाउने हो भने लकडाउन जरुरी छैन ।’

डाक्टर अधिकारीले पूर्वी चितवनको एक कोरोना संक्रमित बिरामीलाई आफूले पुष्पाञ्जली अस्पतालमा उपचार गरेको अनुभव सुनाउँदै पूरै स्वस्थ्य देखिएको बिरामी एकाएक राती च्यापेर अहिले काठमाडौँको हेम्स अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको बताए । उनले भने, ‘हेर्दा सामान्य जस्तो देखिए पनि अचानक बिरामी गम्भीर बन्न सक्ने लक्षण भएकोले सबै सचेत हुनुपर्छ । भरतपुर महानगर, जिल्ला प्रशासनलगायत सम्पूर्ण सरोकारवाला निकायहरुले सावधानीका उपायहरु अपनाउन हतार गर्नु हुँदैन । भरतपुरमा कोरोनाको अवस्था भयावहतिर गइरहेको छ । ’

एक प्रतिक्रिया on “डाक्टर भोजराज अधिकारी भन्छन् : चितवनमा कोरोना भयावह भइसक्यो, विवाह भोजमा नाँचगान गर्न छाडौं

  1. कोरोना भाइरस रोकथामका लागि भरतपुर महानगरपालिका ले वेलैमा पहल गरियोस नत्र पछि सवै पछुताउनु पर्ने हुन सक्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका