जोडिनुहोस
  • होमपेज
  • भोलिदेखि भरतपुर महानगरका विद्यालय र कलेज बन्द हुने,परीक्षा नियमित संचालन हुने

भोलिदेखि भरतपुर महानगरका विद्यालय र कलेज बन्द हुने,परीक्षा नियमित संचालन हुने

चितवन,बैशाख ६-

सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेसंगै भोलि मंगलबारदेखि चितवनको भरतपुर महानगरपालिकाका सबै शैक्षिकसंस्था बन्द हुने भएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेसंगै भरतपुर महानगरका सबै विद्यालय, कलेज, टिउसन सेन्टर र तालिमकेन्द्रमा विद्यार्थीको भौतिक उपस्थिति नहुने चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।

‘विद्यालय बन्द गरी अनलाइन कक्षा भने नियमित सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । चितवनका अन्य पालिकाको हकमा भने यो निर्णय लागु हुने छैन । अर्को निर्णय नभएसम्मका लागि विद्यालय नियमित संचालन हुने प्रजिअ लामिछानेले बताउनुभयो । भरतपुर महानगरपालिका भित्रका तीन विद्यालयका शिक्षक,कर्मचारी र विद्यार्थीमा कोरोना संक्रमण पु्ष्टि भएपछि थप सतर्कता अपनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेसँगै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर निर्णय नभएपछि मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो । विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा भने आलोपालो र सिफ्टमा गर्न सकिने प्रजिअ लामिछानेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका