जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीले भने: जुनसुकै बेला निर्वाचन हुन सक्छ, तयारी रहनुस्

प्रधानमन्त्री ओलीले भने: जुनसुकै बेला निर्वाचन हुन सक्छ, तयारी रहनुस्

काठमाडौं, वैशाख ६-

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पास भएको छ । ओलीको प्रतिवेदनमा वर्तमान राजनीतिक अवस्थाबारे व्याख्या गर्दै पार्टी एकीकरण केही व्यक्तिका कारण असफल भएको निश्कर्ष निकालिएको छ ।

त्यस्तै सरकारका ३ वर्षे कामको समीक्षा पनि ओलीको प्रतिवेदनमा उल्लेख छ । जसमा तीन वर्षमा सरकारले महत्वपूर्ण काम गरेको दाबी गरिएको छ ।

त्यसैगरी उक्त प्रतिवेदनमा आगामी कार्यभारका रुपमा पार्टी संगठन विस्तार, विचार निर्माण र एमालेलाई देशको प्रमुख शक्तिका रुपमा स्थापित गर्ने तथा तीनै तहका सरकार सक्रिय बनाउने उल्लेख छ । ‘कुनै पनि बेला निर्वाचनमा जानुपर्ने भएकाले तयार रहन अध्यक्षले निर्देशन दिनुभएको छ’, बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले माधव नेपालसहित कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ८ जना नेतालाई अन्तिम पटक स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

त्यसैगरी महासचिव ईश्वर पोखरेलले बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा भदौभित्र जिल्ला, वडा हुँदै मंसिरमा महाधिवेशनमा गर्ने गरी कार्यतालिका पारित पारित भएको छ । एमालेको अर्को बैठक वैशाख १० गते बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका