जोडिनुहोस
  • होमपेज
  • ट्राइ सिरिजः मलेसियाविरुद्ध नेपालको शानदार जित, मलेसिया ९ विकेटले पराजित

ट्राइ सिरिजः मलेसियाविरुद्ध नेपालको शानदार जित, मलेसिया ९ विकेटले पराजित

काठमाडौं, वैशाख ६–

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । टियु अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ओभरमा १ विकेट गुमाएर ११३ रन बनाउँदै जित हासिल गरेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाए । ४१ बलमा ६१ रन बनाउँदै कुशल अविजित रहे । उनले ३ चौका र ५ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर आशिफ सेखले २९ बलमा ४२ रन बनाएर आउट भए । विरनदीप सिंहको बलमा क्याचआउट हुनु अघि आशिफले ४ चौका र १ छक्का प्रहार गरे ।

जितका लागि ८ रन बाँकी छदा आशिफ आउट भएपछि उपकप्तान दिपेन्द्र सिंह ऐरी मैदान प्रवेश गरेका थिए । दीपेन्द्रले चौका प्रहार गर्दै नेपाललाई जित दिलाए । उनले ३ बलमा १ चौका प्रहार गर्दै ६ रन बनाए ।

मलेसियाका लागि विरनदिप सिंहले एक ओभरमा ७ रन खर्चिदै १ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको मलेसिया नेपाली बलरसामु निरिह हुँदै १६.५ ओभरमा १०९ रनमै अलआउट हुन पुग्यो । उसका लागि ओपनर सायद अजिजले सर्वाधिक २७ रन बनाए । नेपालका लागि अलराउण्डर करन केसीले ३ ओभरमा १७ रन खर्चिदै ३ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ३.५ ओभरमा २५ रन खर्चिदै २ विकेट लिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, साहब आलम, सोमपाल कामी र कुशल मल्लले समान एक–एक विकेट लिए ।

खेलमा नेपालका करन केसी म्यान अफ दि म्याच घोषित भए । जितसंगै नेपाल २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका