जोडिनुहोस
  • होमपेज
  • माडीकी उपप्रमुख महतोलाई वडा अध्यक्ष पोखरेलले अपशब्द प्रयोग गर्दै धम्क्याएको आरोप

माडीकी उपप्रमुख महतोलाई वडा अध्यक्ष पोखरेलले अपशब्द प्रयोग गर्दै धम्क्याएको आरोप

चितवन, वैशाख ६

शान्ता अधिकारी

माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी महतोलाई माडी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबन्दु पोखरेलले गालीगलौज गरेका छन् ।

विगत ६ महिनादेखि रिक्त रहेको माडी नगरपालिकाको प्रशासकीय प्रमुखमा जिरी नगरपालिकाबाट सरुवा भएर आएका प्रशासकीय प्रमुख अर्जुन गौतमलाई उपमेयरको गाडी काठमाडाँै लिन पठाएको भन्दै वडा अध्यक्ष पोखरेलले अपशब्द प्रयोग गरेर धम्काएको उपप्रमुख महतोले बताएकी छन् । उयमेयर महतोले वडा अध्यक्षले धम्कीको भाषामा ‘भोली कसरी हाजिर गराउँदो रहेछ गराएर देखा भनेर फोन गरेको बताइन् ।’

धम्कीको भाषामा वडा अध्यक्ष जस्तो मान्छेले उपमेयरलाई कर्मचारीको विषयमा धम्काउन पाइन्छ उनले प्रश्न गरिन् । उनले यस विषयमा माडी नगरपालिकाका मेयर ठाकुर ढकाललाई आफ्नै घरमा बोलाएर जानकारी गराएको समेत बताएकी छन् । उनले मेयर ढकालले यसलाई सामान्य रुपमा लिएको भन्दै आपति जनाएकी छन् । उनले भनिन्, ‘एउटा वडा अध्यक्षले बोल्ने भाषा त्यही हो भनेर मेयर साबलाई भन्दा मेयर सावले उहाँले बोल्न नहुने शब्द बोल्नु भएछ भनेर नर्मल तरिकाले मात्रै भन्नुभयो ।’

मेयर ढकालले कर्मचारी ल्याउने नल्याउने विषयमा आफूसँग अहिलेसम्म सल्लाह नगरेको भन्दै हिजो नै उपमेयरको गाडी प्रमुख प्रशासकीयलाई लिन काठमाडौ गइसकेकको बताए  । उनले भने, कर्मचारी माडी नगरपालिका आउने भनेर चिठी बुझि सकेको छ । केही समस्या भए फुकाउन सकियो अहिले ल्याउँदै नल्याउने भन्ने कुरा त हुदैन नि । ’

उनले हिजोबाट अहिलेसम्म मेयर ढकालसँग कुनै सम्वाद नभएको भन्दै गाडीले कर्मचारी लिएर आउँछ वा आउदैन त्यस विषयमा आफू अनविज्ञ रहेको बताइन् । माघ महिनाबाट माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले निमित्तको रुपमा काम गरिरहेको उनले बताएकी छन् ।

उता सरुवा भएर आउन लागेका अर्जुन गौतमले भने कर्मचारीको मनोबल गिराउने गरेर नआउनका लागि फोनबाट धम्की आएको बताएका  छन् । उनले भने, ‘युवा नेता भन्थे, के पनेरु थरको व्यक्तिले फोन गरेर तपाइँ माडी आउँदा खेरी राम्रो हुने छैन । यसलाई धम्की भने पनि भन्नु जे सोच्नु् भए पनि सोच्नु भन्दै फोन गरे ।’ उनले काम गर्ने कर्मचारीलाई राजनीतिक धम्कीको भाषा प्रयोग नगर्न भनेको भन्दै राजमार्गका सयौ गाडी गुड्ने आकाशमा प्लेन उड्ने हुँदा माडी नगरपालिकाको गाडी भए पनि नभए पनि आउन कुनै समस्या नहुने बताएका छन् ।

गौतमले भने म राज्यको कर्मचारी हो । राजनीतिक नियुक्ति लिएर आउन लागेको मान्छे होइन । मलाई राज्यले जहाँ खटाउँछ आफू त्यही गएर काम गर्ने बताएका छन् । यस विषयमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका