जोडिनुहोस
  • होमपेज
  • सेनाले नाइट भिजन हेलीप्याड निर्माण गर्दै

सेनाले नाइट भिजन हेलीप्याड निर्माण गर्दै

सल्यान, वैशाख ६-

नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ ।
जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हँुदै आएको छ । हेलिप्याड निर्माण भएपछि राति समेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका सेनानी कृष्णकञ्चन बस्नेतले जानकारी दिनुभयो ।

उहाँले शारदा नगरपालिकाको आर्थिक सहयोगमा गणको हाताभित्र नाइटभिजन हेलिप्याड निर्माण गर्न लागिएको बताउनुभयो । “जिल्लामा अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण रातिमा हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापन कार्यमा ढिला हुँदै आएको छ । हेलिप्याड निर्माण भएपछि रातिमा हुने विपद्का घटनमा हेलिकप्टर प्रयोग गरी उद्धार कार्य गर्न सहज हुनेछ ।”, उहाँले भन्नुभयो ।

सेनाले जिल्लाका छ स्थानीय तहमा हेलिप्याड निर्माण गरेको छ । ती हेलिप्याडमा दिउँसो मात्रै हेलिकप्टर अवतरण हुन्छन् । राति अवतरण हुनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले नगरपालिकाले रु पाँच लाख उपलब्ध गराएको जनाइएको छ । हेलिप्याड निर्माण गर्न बाँकी रहेका स्थानीयतहमा समेत निर्माणका लागि स्थानीय जनप्रतिनिधिसँग आवश्यक समन्वय भइरहेको सेनानी बस्नेतले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका