जोडिनुहोस
  • होमपेज
  • चितवनमा भोलिदेखि कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइँदै

चितवनमा भोलिदेखि कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइँदै

चितवन, वैशाख ६–

चितवनमा भोलि (मंगलबार)देखि कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाइँदै छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका सबै स्थानीय तहमा रहेका खोप केन्द्रबाट खोप लगाउन लागिएको हो ।

२०७७ माघ १४ देखि २४ र फाल्गुण २ देखि १० गतेभित्र कोभिड खोप लगाएकाहरुलाई दोस्रो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंमसेविका, सरकारी कर्मचारी, जनप्रतिनिधि, पत्रकार, बैंक कर्मचारी र सुरक्षाकर्मीहरुलाई दोस्रो डोजको खोप दिइने छ ।

स्वास्थ्य कार्यालयले परिचय पत्र वा पहिलो डोज लिएको खोप कार्ड लिएर मात्र खोप सेवा लिन जान अनुरोध गरेको छ ।

भरतपुर महानगरपालिका क्षेत्रमा वैशाख ७ र ८ गते भरतपुर महानगरपालिकाका स्वास्थ्यकर्मी, निजी अस्पतालहरु, स्वास्थ्य प्रदायक संघसंस्थाका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइने छ । यस्तै वैशाख ९ र १० गते सांसद, जनप्रतिनिधि, निजामति कर्मचारी, पत्रकार, स्वास्थ्य सेवाका सम्बन्धित परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ ।

त्यस्तै वैशाख ११ गते बैंकका कर्मचारी, १२ गते प्राधिकरण तथा संस्थानका कर्मचारीहरु, महिला स्वास्थ्य स्वंमसेविका, १३ गते कारागार, आश्रमहरु र छुटपुट सबैलाई खोप दिइने कार्यालयका प्रमुख तिवारीले जानकारी दिए ।

यी हुन खोप केन्द्र

स्वास्थ्य कार्यालयले विभिन्न खोप केन्द्रहरु तोकेका छ । कार्यालयको भरतपुरस्थित मातृ शिशु स्वास्थ्य क्लिनिकमा खोप केन्द्र बनाईएको छ । विहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने यस खोप केन्द्रमा भरतपुरका पायक पर्ने व्यक्तिहरु खोप लगाउन जान पाउने छन् ।

सुरक्षाकर्मीहरुका लागि वैशाख ७, ८ र ९ गते तोकिएको खोप केन्द्र संचालन हुनेछ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका लागि सम्बन्धित संस्थामा खोप केन्द्र तोकिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका